डायस्पोरा

बहुआयामिक महत्वको परियोजना निर्माणमा बढ्दैंछ सहयोगी हात

शिवरात्रीमा ग्राउण्ड ब्रेक गर्ने हुँदैंछ तयारी

विश्व न्यूज संवाददाता
अमेरिका ।
अमेरिकाको टेक्सस डलासमा वहुआयामिक प्रयोजनसहीत बनाउन लागिएको पशुपतिनाथ तथा बौद्ध मन्दिर निर्माणको कार्य अव छिट्टैं सुरु हुने भएको छ ।
झण्डैं ५० लाखको लागतमा सन् २०२३ सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनासहीत अघि बढेको यो परियोजनाको प्रथम चरणको निर्माण कार्य छिट्टैं सुरु हुने भएको छ । वहुआयामिक महत्वको परियोजनाको पहिलो चरणको निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने झण्डैं ८ लाख डलर संकलन भैसकेको नेपाल आध्यात्मिक तथा सांस्कृतिक केन्द्रले जनाएको छ । हालसम्म १ जना संरक्षक, ४८ अनरेवल बोर्ड अफ ट्रष्टी, ३७ बोर्ड अफ ट्रष्टी, १३ अनरेवल फाउन्डिङ मेम्वर, १७३ फाउन्डिङ मेम्वर सहीत ६ सय ५६ परिवारवाट सहयोग भैसकेको छ ।

सिटिसँग आवश्यक पर्ने निर्माण अनुमती लिने लगायतका प्राविधिक कार्य सम्पन्न हुन सके आउँदो शिवरात्रीवाट निर्माणको काम सुरु गरिने समितिले जनाएको छ । वहुआयामिक प्रयोजनको परियोजना बनाउन नेपालीको बाक्लो वसोवास रहेको युलेस, वेदफोर्ड, इर्विङ र हर्ष शहरको केन्द्र भागमा झण्डैं साढे ६ एकड जग्गा खरीद गरीएको छ । जसमध्ये साढे ४ एकडमा पहिलो र दोस्रो चरणको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
तर पछिल्लो समय सहयोगी हातहरु बढीरहेको र यसैगरी सहयोग उठ्ने क्रम रहे पहिलो र दोस्रो चरणको निर्माण कार्य एकैसाथ पनि अघि बढ्न सक्ने समितिले जनाएको छ । संरक्षक, अनरेवल बोर्ड अफ ट्रष्टी, बोर्ड अफ ट्रष्टी, संस्थापक सदस्य जस्ता सहयोगको व्यवस्था गरेर आर्थिक संकलनको काम भैरहेको छ ।
पछिल्लो समय सहयोग गर्नेहरु दिनानुदिन बढिरहेको समितिले जनाएको छ । युलेस, वेदफोर्ड, इर्विङ र हर्षका नेपालीहरु सहयोग गर्न सक्रिय देखिएका छन् । त्यसो त डलास/फोर्टवर्थ शहर आसपासका वस्ने अधिकांश यो अभियानमा जुटेका छन् । टेक्ससको अन्य शहर लवक, अस्टिन, वाको, ह्युष्टन लगायतका शहर तथा टेक्सस बाहिर वस्ने नेपालीवाट समेत सहयोग रहेको छ ।
सहयोगी मनहरु प्रति आभार व्यक्त गर्दै नेपाल आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष बिनय अर्यालले यस्तैं सहयोगले परियोजना निर्धारित समयमैं सम्पन्न हुने विश्वास व्यक्त गरे ।
पहिलो चरणमा पशुपति ब्लकको काम अघि बढ्ने र त्यो पहिलो चरणमा पशुपतिनाथ मन्दिर, पाठशालाका निम्ति कक्षा कोठा भवन, पुजा हवन हल, विवाह व्रतबन्ध आदि कार्यका लागि उयपोगी हल, ३ सय बढी गाडी पार्क गर्न सकिने पार्किङ क्षेत्र निर्माण हुने बताइएको छ । हाल इर्विङ रहेको पशुपतिनाथ तथा बौद्धमन्दिरवाट भैरहेको सबैं कार्य गर्न सकिने र प्रथम चरणको निर्माण काम सम्पन्न गरिने समितिले जनाएको छ । प्रथम चरणको कार्य आउदो डेढ वर्ष भित्र सकिसक्ने लक्ष्य राखिएको बोर्ड अफ ट्रष्टीका अध्यक्ष अर्यालले जानकारी दिए ।

दोस्रो चरणमा बौद्धनाथ, बौद्ध स्तुपा, ध्यान केन्द्र, स्वास्थ्य शिविरका लागि कोठा, अत्याधुनिक प्रविधिको अडियो भिडियो सहीतको पुस्तकालय, वाल बालिकाको निम्ति कक्ष, वृहत आकारको हल, क्याफ्टेरिया निर्माण गरिने बताइएको छ । तर आवश्यक रकम उठ्न थाले पहिलो र दोस्रो चरणको निर्माण कार्य एकैपटक समेत सुरु गर्न सकिने समितिले जनाएको छ ।
पहिलो र दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछि तेस्रो चरणका लागि घुम्न आउनेहरुलाई मध्यनजर गर्दै आवास गृह, आकर्षक बगैंचा, एथलेटिक्स लगायतका खेलकुदका निम्ति आवश्यक पूर्वाधार बनाउने सोंच रहेको बताइएको छ । तर पहिलो र दोस्रो चरणको निर्माण सकिएपश्चात मात्रैं अन्य निर्माणका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

सबैंलाई समेटेर यो परियोजना अगाडि बढेको बताउदैं समितिका उपाध्यक्ष मनोज सिग्देलले इन्जिनियरिङको पाटो सकाएर सिटिवाट निर्माणको अनुमती लिई आउँदो शिवरात्रीमा ग्राउण्ड ब्रेक गर्ने तयारीका साग अघि बढिएको जनाए । परियोजना अन्तर्गत निर्माणका कार्यहरु के के हुदैंछन् ती सबैंलाई समेटेर थ्रि डी निर्माण गरिएको सिग्देलले जनाए ।वहुआयामिक महत्वको परियोजनासँग धेरैं पाटाहरु जोडिएको बताउदैं अग्रज अभियन्ता डा. मुरली अधिकारीले यो आफैंमा उदाहरीय कार्य भएको बताए । उनले नेपाल वाहिर नेपालीले आफ्नो वलियो समाज बनाउने यात्रा भएको बताउँदैं यो अभियानमा जसरी माया, प्रेम, समर्थन, सदभाव र सहयोग मिलेको छ यो एउटा असाधारण कुरा नैं भएको बताए । विगतदेखिनैं यहाको समुदायले आफ्नो धर्म र संस्कृतिको संरक्षण गर्दै एकतावद्ध समाज निर्माणमा उदाहरणीय कार्य गरेर देखाइसकेको बताउदैं उनले अहिले जसरी यो निकैं महत्वको परियोजना बनाउने अभियानमा जसरी सहयोग आइरहेको छ त्यसले यहाको समाज भावनात्मक रुपमा एक छ भन्ने कुरा देखाएको बताए ।
अहिले संचालन भैरहेको मन्दिरमा पुजा आराधनाका नियमित कार्य सँगैं नेपाली पाठशालाको संचालन, एक वर्षको अवधिमा ५ देखि ६ सय वटा विवाह व्रतबन्धमा कार्य हुनु, हरेक साता जसो विभिन्न सामुदायिक कार्यहरु हुनुले हामी सबैंको केन्द्रमा मन्दिर रहेको दस्र्याइसकेको डा. अधिकारीले जनाए । र यी कार्यका साथैं अव बन्ने परियोजना सफल हुदा धार्मिक पर्यटकीय केन्द्र बन्ने विश्वास समेत अधिकारीले व्यक्त गरे ।
हामीले यसलाई समान्य रुपमा बुझ्नुहुदैंन यो त समाज परिवर्तन गराउने, सकारात्मक समाज निर्माण गर्ने अभियान हो । नेपाली मन्दिर निर्माण अभियानका संस्थापक मध्येका एक अधिकारीले भने धर्म र संस्कृतिको माध्यमवाट सकारात्मक समाज बनाउन यसले सहयोग गर्नेछ ।
आध्यात्मिक जागरणको केन्द्र बनाउने अभियानको हिस्सा हामी बन्न खोजेका छौं यसमा डलास वरपर वस्ने हामी नेपालीले गर्व गर्नुपर्दछ अग्रज अभियन्ता अधिकारीले भने अव हामीले सोचें अनुरुप गर्न सक्दा नेपालीको निम्ति मात्र नभई हिन्दु, बौद्ध धर्म मान्नेहरुका लागि समेत यो स्थान नेपालको पशुपतिनाथ र लुम्बिनी जस्तैं बन्नेछ ।