अमेरिका

पोखरेल क्षेत्रीय उपसंयोजक पदको उम्मेद्वार बन्ने

विश्व न्यूज संवाददाता
अमेरिका ।
गैर आवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक पदका लागि एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष राम सी पोखरेलले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
नेपाली समाज टेक्सस र डलास एभरेष्ट लायन्सका क्लबका पूर्व अध्यक्ष समेत रहेका पोखरेलले सामाजिक संजालमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
उम्मेद्वारी घोषणा गर्दै उनले एनआरएनए अमेरिकाको प्रारम्भिक समयदेखिनैं आफू अभियानसँग जोडिएको बताउँदैं संस्थाको उपाध्यक्ष रहँदा सदस्यता अभिवृद्दि लगायतका धेरैं महत्वपूर्ण का मगर्न सकिएको जनाएका छन् ।
पोखरेलले आफू उपसंयोजक भएको खण्डमा एनआरएनएको अमेरिकाज क्षेत्रमा रहेका राष्ट्रहरु जहा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् रहेको छ ती राष्ट्रहरुमा एनआरएनए आइसिसी र क्षेत्रीय संयोजकसँगको समन्वयमा विभिन्न कार्यक्रम गरी अझ सक्रियता बढाउने र जहा एनआरएनए एनसीसी रहेको छैन त्यहा बस्ने गैर आवासीय नेपालीहरुसँग समन्वय गरी एनसिसी गठनका लागि पहल गर्ने बताएका छन् ।