अन्तर्वार्ता

महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको एजेण्डा बोकिरहनुहुन्छ जस्तो लाग्दैंन : मिन विश्वकर्मा (नेपाली कांग्रेसका केन्द्रीय सदस्य)

“मिन विश्वकर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । पूर्व मन्त्री समेत रहेका विश्वकर्मा कांग्रेसभित्र स्पष्टवक्ताको रुपमा परिचित छन् । उनै विश्वकर्मा अमेरिका आएको समयमा उनीसँग यस अनलाइनका लागि सम्पादक सुरज भण्डारीले गर्नुभएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।” 

कांग्रेसमा फेरि किन हिन्दु राष्ट्रको कुरा उठेको होला, धर्म निरपेक्ष कांग्रेसलाई मन नपरेको हो ? 

– सर्वप्रथम नेपाली कांग्रेस राष्ट्रिय पार्टी हो । यसले स्थापनासँगैं राष्ट्र, राष्ट्रियता र समाजवादलाई अंगिकार गरेर अघि बढेको हो । पार्टीका संस्थापक जयूहरुले यो पार्टीलाई सबैंको पार्टी बनाउने गरी अघि बढ्नुभएकैं कारण आज नेपाली कांग्रेस सबैंले मान्ने र सबैं अट्ने पार्टीको रुपमा रहेको छ । 

कांग्रेसले वैचारिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रताको पक्षमा आफूलाई सधैं उभ्याउँदैं आएको छ । तर यसको अर्थ धार्मिक स्वतन्त्रता भनेको कुनैं एक धर्म मान्ने भन्ने होइन ।  हामीले जतिबेला संविधान निर्माण गर्यौं त्यो समयमा हामीले धर्म निरपेक्ष भन्ने शब्द नराखेको भए हुने थियो त्यसले अहिले जसरी सापेक्ष वा निरपेक्ष भन्ने कुरा उठाउने काम भएको छ त्यो हुने थिएन । धार्मिक स्वतन्त्रता शब्द राख्न सकेको भए बुझाई सजिलो हुने थियो । तर बिग्रिहालेको केही छैन धर्म निरपेक्षलाई कुनैं धर्म मान्न पाउँदैंनौं वा भनौं कुनै एक धर्म विरुद्ध हो भनेर गलत तरिकाले बुझ्नुहुदैंन ।

तसर्थ धार्मिक स्वतन्त्रताको कुरा आउँदा हिन्दु राज्य वा भनौं कुनैं एक धर्म विशेषको राष्ट्र हुनुपर्छ भन्ने होइन । र हाम्रो जस्तो देश नेपालमा जहा वहुजाती, वहुभाषी, वहु धर्मालम्बीहरु छौं त्यहा अहिलेको २१ औं शताब्दीमा कुनैं एक धर्म वा जातलाई जोडेर कुनैं एक पार्टी अगाडि बढ्छ भन्ने कुरा संभव छैन, अझ नेपाली कांग्रेस जस्तो राष्ट्रिय पार्टीले त्यो गर्ने कुरैं रहेन । त्यसैले मलाई लाग्छ यो हिन्दु राष्ट्र बनाऊ भन्ने कुरामा अब बहस गर्नु राम्रो हुँदैंन । तर यति भनिरहँदा एउटा महत्वपूर्ण पाटो बारे पनि बहस हुनु आवश्यक छ । यता, धर्म निरपेक्ष राख्ने अर्कोतर्फ अहिलेको नेकपाको सरकार र त्यो पार्टी नेताहरुले अरु धर्मको प्रचारक बनेर जसरी काम गरिरहेका छन् त्यसले हिन्दु धर्म मान्नेहरुलाई शंसकित बनाएको छ । हाम्रो धर्ममाथि आक्रमण भैरहेको अनुभूती उनीहरुले गर्न थालेका छन् । धर्म निरपेक्ष मुलुकको सरकारले एउटा कुनैं धार्मिक संस्थाको निम्ति काम गर्यो त्यसले हिन्दु धर्म मान्नेहरुमा अव मुलुकमा अरु कुनैं धर्म लाद्ने काम हुन थालेको छ भन्ने भान हुन पुगिरहेको छ, यसले गर्दा अहिले हिन्दु राष्ट्रको वहस आउन पुगेको हो, यो हुनुमा अहिलेको सरकार कारक हो । 

कांग्रेसको आउँदो महाधिवेशनमा हिन्दु राष्ट्रको एजेण्डा आउने होला, होइन ? 

– होइन, हिन्दु राष्ट्र बनाउने विषय हाम्रो महाधिवेशनको एजेण्डा बन्ने कुरा हुदैंन । यसमा कुनैं दुइ मत छैन । नेपाली कांग्रेस जुन पार्टी राष्ट्रिय कार्यदिशा बोकेर अगाडि बढेको हुन्छ त्यो पार्टीले कुनैं एक जात वा धर्मलाई काखी च्यापेर अगाडि बढ्ने कुरा हुदैंन र बढ्दैंन । यसमा मैले एउटा सानो उदाहरण पनि दिन चाहन्छु गत महासमिति वैठकमा हिन्दु राष्ट्रको पक्षमा हामीले  हस्ताक्षर संकलन गरेका छौं भनेर केही नेताले एजेण्डा राख्नुपर्यो भन्दा एकजना महासमिति सदस्य जो महिला आदिवासी जनजाती हुनुहुन्थ्यो उहाँले हिन्दु राष्ट्र मान्ने र हिन्दु धर्मलाई काखी च्याप्ने निर्णय कांग्रेसले गरे हामी अरु धर्म मान्नेहरु कसरी यो पार्टी भित्र अट्छौं भनेर जसरी मार्मिक तर्कपूर्ण ढंगले विषय राख्नुभयो, त्यसले महासमिति बैंठकमा ठूलो चर्चा पायो र त्यो हिन्दु राष्ट्रको निम्ति हस्ताक्षरको कुराको चर्चा सेलायो । 

यसको अर्थ के हो भने नेपाली कांग्रेसले सबैंलाई समेटेर जाने पार्टी हो । यसमा सबैंको समान अस्तित्व बनेको हुन्छ । त्यसैले गर्दा हामी सँग महाधिवेशनमा लग्ने र छलफल गर्नुपर्ने धेरैं विषयहरु छन् अव हामी संभव नहुने र गर्न नहुने विषय उठाउने पक्षमा छैनौं, र महाधिवेशनमा त्यो एजेण्डा बन्ने त कुरैं भएन । 

तपाई हुन सक्दैंन भन्नुहुन्छ, तर महामन्त्री शंशाकले त्यसको पक्षमा अभिव्यक्ति दिइरहनुभएको छ ?  

मलाई लाग्दैंन कि विपि पुत्र हाम्रा महामन्त्री डा. शंशाक कोइरालाले त्यो गलत हुने कदम उठाउनुहोला भन्ने, नेपालको वस्तुस्थिति बारे उहा“ले धेरैं बुझ्नुभएको छ भन्ने लाग्छ । यो अवस्थामा कांग्रेसका संस्थापक आर्दश व्यक्तित्व विपिका पुत्रबाट त्यस्तो जुन विषयले कांग्रेसलाई कमजोर पार्ने काम गर्नेछ त्यो विषय उठ्दैन भन्ने मलाई लाग्छ ।  कहिले काँही विषय उठाउँदा आफ्नो चुनावी क्षेत्रका जनतालाई खुशी पार्ने खालका केही विषयहरु उठाउन सकिएला उठ्लान् तर  त्यही आम नेपाली र राष्ट्रको हुनुपर्छ भन्ने हुदैंन । कतिपय निवार्चन क्षेत्रमा हिन्दु धर्मालम्बी बढि होलान्, कुनैमा बौद्व धर्मालम्बी, कुनैंमा इस्लाम, कुनैंमा क्रिस्चियन या कुनैंमा अन्य कुनैं धमालम्बीहरु हुनुहोला भनेर त्यही अनुसार धारणा दिने र त्यही राष्ट्रिय मुद्दा हुनुपर्दछ भन्ने हुदैंन । जस्तो मेरो निर्वाचन क्षेत्रको कुरा गर्दा त्यहाँ आदिवासी जनजाती अझ त्यसमा पनि राईहरुको बसोबास अलि बढि छ मैले त्यहाँ प्राथमिकतामा राई भाषा राख्नुपर्छ भन्छु भन्नुपनि पर्दछ तर मैले राई भाषा नैं राष्ट्रिय भाषा हुनुपर्छ भन्न थाले भने के हुन्छ मेरा क्षेत्रका ती राई भाषी त खुशी हुनुहोला नेपाल भर बस्ने नेपालीका लागि के त्यो सही हुन्छ यस्तो कुरामा खासगरी राष्ट्रिय नेताहरु बढी संवदनशिल बन्नुपर्दछ । त्यसैले हाम्रा पार्टी शिर्ष नेतृत्ववाट यस्तो विषय उठ्ने छैन र उठ्दैंन भन्ने लाग्छ ।   

उसो भए संभव नैं नहुने कुरा चाँहि किन उठिरहेको होला ? 

– हाम्रो जस्तो देश जहाँ वहुसंख्यक जाती, भाषी, बहु धर्मालम्बीहरुको बसोबास रहेको छ त्यहा कुनैं एक पक्षलाई काखी च्यापेर अगाडि बढ्दा फाइदा हुँदैंन भन्ने कुराको उदाहरण हाम्रै अगाडि छन् । म केही उदाहरण प्रस्तुत गर्न चाहन्छु । हिन्दु राष्ट्र माग्ने, संवैधानिक राजतन्त्र चाहियो भन्ने मेची महाकाली गाई पुगेर हिड्ने कमल थापाको पार्टीको हालत सबैंले देख्यौं, भलैं अहिले त्यही पार्टीले गाईलाई भिरबाट खसालेर मार्यो  । आदिवासी जनजातीको छुट्टैं पार्टी खोल्छौं भनेर तत्कालिन नेकपा एमाले छाडेर अर्को पार्टीका खोलेकाहरुको हैसियत पनि देख्यौं, त्यो पार्टीको अवस्था पनि देख्यौं, मधेशको छुट्टैं पार्टी बनाउँछौं भनेर एमाले, कांग्रेस,माओवादीवाट गएकाहरुको अवस्था पनि देख्यौं यी सबैंले के देखाउँछ भने नेपालमा कुनैं जात, धर्म वा क्षेत्रको आधारमा जनताले मत दिदैंनन् जनता धेरैं सचेत छन् । अझ यसमा एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु तत्कालिन एमालेका नेता माधव नेपाल जो बाहुन हुन्, उनलाई सबैंले हिन्दु धर्मालम्बी भन्छन्, उनी आफू क्रिस्चियन धर्मको प्रचार गर्छन्, मधेशी अझ त्यसमा पनि पिछडिएको समुदाय र मुस्लिम समुदायको उल्लेख्य वसोवास रहेको  रौतहट जो मधेशमा पर्दछ,त्यहाको निर्वाचन क्षेत्रवाट चुनाव जित्छन् अब भन्नुहोस् नेपाली जनताको सोंचमा कुनैं जात, जाती, धर्म वा क्षेत्रीयताले स्थान पाउँदैंन । यो केवल माधव नेपालको केशमा मात्र होइन हाम्रा पार्टीका नेताहरुको चुनाव क्षेत्रमा पनि त्यो देखिन्छ यसर्थ यहा जनताले कुनैं जात, धर्म, क्षेत्रीयताको आधारमा समर्थन गर्दैनन् र राष्ट्रिय पार्टीको हकमा त्यो संभवको विषय पनि होइन । 

हिन्दु राज्य मात्र होइन राजतन्त्रकैं कुरा आइरहेको छ त ? के यो संभव छ ? 

– वास्तवमा मलाई संभव नैं नभएको राजतन्त्र फर्कन्छ भनेर विषय उठाइएको छ । अझ म त भन्छु हामी प्रतिपक्षमा रहेका र सरकारमा भएका पार्टीहरुले समेत एकले अर्कालाई आरोप लगाउन र तर्साउन यो विषय उठाएका छौं । राजतन्त्र अव नेपालको निम्ति आउटडेटेड भैसक्यो । नेपालमा अव २ वटा मात्र शक्ति छन्, एउटा प्रजातान्त्रिक विचार धारा बोक्ने शक्ति जसको नेतृत्व कांग्रेसले गर्छ र अर्को भनेको कम्युनिष्टहरु हुन् । त्यसैले अव अर्को कुनैं पक्षलाई अगाडि सार्ने कुरा एकले अर्कोलाई दोष देखाउने उपाय मात्र हो ।  अहिले कम्युनिष्टको सरकार छ, हामी वैकल्पिक शक्ति अहिले पनि छौं, जनताले अहिलेको सरकारले गलत गरिरहँदा  कांग्रेसले किन केही गरिरहेको छैन भन्ने गरिरहेका छन्, कांग्रेसको सरकार कुरिरहेका छन् अव भन्नुहोस् राजतन्त्र कसरी आउ“छ । 

यो सरकारको सन्दर्भमा तपाईको धारणा के छ ? 

– जनतालाई कम्युनिष्ट सरकारले केही गर्छ की भन्ने लागिरहेको थियो एक प्रकारको भ्रम उनीहरुले जनतामा दिएका थिए । जनताले पनि ४९ सालको ९ महिने कम्युनिष्ट सरकारले छरेका लोकप्रियताका कार्यक्रमलाई हेरे । ९ महिनामा सरकार ढल्यो, हामीलाई गर्न दिएनन् भन्ने मौका पाए, त्यसपछि पनि उनीहरु पटक पटक सरकारमा आए, कहिले नेतृत्व गरे र कहिले सरकारमा सामेल भए, तर लामो समयसम्म ती सरकारहरु टिकेनन् जसका कारण उनीहरुले गर्न पाएनौं भन्ने अवसर पाए, र त्यसै कारणले पनि हुनसक्दछ नेपाली जनताले लगभग २ तिहाईको सरकार बनाउने मत दिए, अव हाम्रो कारणले यो सरकारलाई काम गर्न पाएन भन्ने मौका दिनुहुदैंन । यो सरकारको आफ्नैं गतिविधि र क्रियाकलापबाटैं यो सरकार टिक्दैंन तर उनीहरुलाई हामीलाई आरोप लगाउने मौका दिनुहुदैंन । जनताले पनि बुझ्नेछन् खासमा कम्युनिष्टले केही गर्न सक्दैनन् भन्ने त्यसैले हामी हाम्रो हिसावले अघि बढ्नुपर्दछ । त्यसको राष्ट्रियता, अखण्डता, राष्ट्रिय एकता, धार्मिक आक्रमण यी यस्ता खालको देशकैं निम्ति अहित हुने गतिविधि हुदा विरोध गर्दै बाकी सवालमा यिनीहरुलाई काम गर्न दिनुपर्दछ । अहिले बढिरहेको भ्रष्टाचार, जनताको अधिकार कुण्ठित गर्ने खालका विधेयक निर्माण, प्रेस स्वतन्त्रता विरोधी विधेयक, गुठी विधेयक, सुरक्षा परिषद्लाई अवमुल्यन गर्ने विधेयक, मानवअधिकार आयोगको अधिकार कटौती, देशभर बढेको बलात्कार,हत्या,अपराधका घटनाामा वृद्दिले यो सरकार अलोकप्रिय बनिरहेको छ त्यसैले यो सरकार आफ्नैं कारणले सकिन्छ तसर्थ यतातर्फ कांग्रेस लाग्नुहुदैंन । हुनतः यो सरकार बन्दा देखिनै संविधानको उल्लंघन भएको छ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख संविधान विपरित बन्नुभएको छ, संविधानको उल्लंघन त्यही बाट भएको छ, यो सरकार लोकतन्त्र  र संविधान विरोधी छ भन्ने कुरा जनताले बुझ्दैं गएका छन्, सँगसँगैं अव कम्युनिष्ट सरकारले केही गर्न सक्दैन भन्ने पनि जनताले बुझ्नेछन् । त्यसैले हामी वेटिङ गर्भमेन्टको रुपमा बसेर हाम्रो संगठनलाई बलियो बनाउन लाग्नुपर्दछ । 

तपाईको आशय, जनताले कम्युनिष्टलाई विचार गर्नका लागि जिताएका हुन् भन्ने रह्यो, तर कांग्रेसलाई नरुचाएर पनि होला नि ? 

– हामीले राणासँग, पंचायतसँग, राजासँग कसरी लड्ने भन्ने बारे बुझेका रहेछौं । कम्युनिष्टसँग कसरी लड्ने भन्ने कुरामा हामीले राम्ररी बुझ्न सकेनछौं । फेरि विश्वभर नैं हराईरहेको कम्युनिष्टहरुबारे हामीले त्यो रुपमा जान्न पनि पाएनौं । हाम्रो नजिकको राष्ट्र चिन, जहाँ कम्युनिष्ट शासन भन्नका लागि मात्र छ, त्यहा पुरैं पुजीवाद छ, खुल्ला अर्थ व्यवस्था छ, र अन्य जहा कम्युनिष्ट शासनहरु भएका देशहरु छन् त्यहाको आर्थिक अवस्था खस्कदो छ  यी सबैं कारणले गर्दा नेपालमा कम्युनिष्ट आउँछन् जस्तो लागेको थिएन । तर यहा(नेपाल) त सबैं खालका कम्युनिष्टहरु थिग्रिएर बसेका रहेछन् । हामीले चिन्न मात्रैं नसकेका रहेछौं । र उनीहरुले पनि समाजवादको कुरा गर्ने र हामीले समाजवादको कुरा गर्ने एउटै एउटैं होइछ कि भन्ने पनि जनतालाई लागेको हुन सक्दछ । हामीले पनि उनीहरुलाई चाहेको समाजवाद यस्तो खालको भनेर बुझाउन सकेनौं । अहिले जसरी व्यक्तिगत सम्पक्तिलाई नियन्त्रण गर्ने, राज्यले कर थोपर्ने जस्ता कामहरु भैरहेको छ यसले जनताले कम्युनिष्टले कस्तो समाजवादको कुरा गर्दा रहेछन् भन्ने कुरा थाहा पाइ रहेका छन् । कांग्रेसको समाजवाद र कम्युनिष्टको समाजवाद बीचको फरक जनताले बुझेपछि कम्युनिष्टप्रतिको जनताको सम्मान स्वतः घट्नेछ ।

महाधिवेशन अघि कांग्रेसले के गर्नुपर्दछ भन्ने लाग्छ ? 

– सबैभन्दा मुख्य कुरा कांग्रेसले आफ्नो संगठन बलियो बनाउनुपर्दछ । महाधिवेशनवाट हामीले एन्टी कम्युनिष्ट दस्तावेज पास गर्नुपर्दछ । हाम्रो अबको लडाई कम्युनिष्टसँग हो भन्ने कुरामा हामी पहिला क्लियर हुनुपर्दछ । देश बाहिर रहेको युवा शक्तिलाई देशसँग कसरी जोड्ने त्यसमा पनि कांग्रेसको ठोस धारणा आउनुपर्दछ । अव बैचारिक रुपमा अगाडि आउनुपर्दछ । हामीले ल्याउने समाजवाद के हो भन्ने कुरामा जनतालाई प्रष्ट पार्न सक्नुपर्दछ , आन्तरिक रुपमा संगठनको व्यवस्थापनसँगैं बाहिर पनि हामी उत्तिकैं सक्रिय हुनु आवश्यक छ । 

महाधिवेशनमा युवाको सहभागितालाई कसरी हेर्नुभएको छ, के युवाको नेतृत्वमा संभावना देख्नुहुन्छ ?

– हामीले के बुझनुपर्दछ भने पार्टी सबैं मिलेर बन्ने हो । अझ लामो इतिहास बोकेको पार्टी कांग्रेससग अनुभवी धेरैं नेताहरु हुनुहुन्छ । युवा पुस्ता पनि अगाडि आइरहेको छ । विगतमा भन्दा युवा पुस्तावाट केन्द्रीय नेतृत्व आउने प्रतिशत बढिरहेको छ । १२ औं महाधिवेशनमा करिव ३० प्रतिशत रहेको युवाको केन्द्रीय नेतृत्वमा सहभागिता १३ औं महाधिवेशनमा ४१-४२ प्रतिशत पुगेको छ आउँदो १४ औं महाधिवेशनमा ५० प्रतिशतको हाराहारीमा पुर्याउने गरी लाग्नुपर्दछ । रह्यो कुरा नेतृत्वमा जाने वा पदाधिकारीमा उठ्ने भन्ने कुरा यसमा मेरो अलि फरक विचार छ । अनुभवी नेताहरुको साथ,सहयोग र सुझावको आधारमा युवा पुस्ता अगाडि बढ्नुपर्दछ । हामीले के बिर्सन हुदैंन भने गाली गरेर वा चुनौती दिएर अगाडि बढ्ने कुरा सही हुदैंन । यसले पार्टीलाई बलियो होइन कमजोर बनाउँछ । अहिले पनि केन्द्रीय नेतृत्वमा कुरा गर्दा ३ वटा पुस्ता छ, पहिलो, दोस्रो र तेस्रो पुस्ता हामीसँग छ, तेस्रो पुस्ताले जम्प गर्ने क्रममा दोस्रो पुस्ताले अपमानको अनुभूति नगरोस् यस तर्फ पनि सचेत हुनु आवश्यक छ । युवा जोशले स्थान पाइरहदा हामीसँग रहेको अनुभवी र परीपक्क पुस्ता बाहिरिनु पर्यो वा त्यो पुस्ता निस्क्रिय रह्यो भने कांग्रेसलाई झन् बढी घाटा लाग्छ । यी सबैं पक्षलाई केलाएर अगाडि बढ्नु पर्दछ । भारतको भारतीय जनता पार्टीलाई नैं हेरौं त्यहाँ नरेन्द्र मोदी आएका छन्, तर लालकृष्ण आणवानी जस्ताको पनी कदर भैरहेको छ, त्यो रुपवाट हामी अघि बढ्नुपर्दछ । एक प्रकारले भन्दा हामीले आगामी महाधिवेशनलाई पार्टी नेतृत्वका लागि दोस्रो पुस्ता तयार गर्ने महाधिवेशनको रुपमा अगाडि लैजानुपर्दछ ।