काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न
काठमाडौं
काठमाडौं उपत्यकाको सुन्दर गाउँ कपनको जगडोलस्थित झण्डा पार्कमा बडा दशैंको उपलक्ष्यमा चङ्गा चेट प्रतियोगिता तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।यज्ञडोल जगडोल युवा क्लबको आयोजनामा आयोजित चङ्गा चेट प्रतियोगितामा कपन, बौद्ध, जोरपाटी, गोकर्ण, आरुबारी, तिनचुले, चुनिखेल लगायतका गाउँका स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाका मेयरद्वय सन्तोष चालिसे र उद्धब खरेलले चङ्गा चेट प्रतियोगिताका प्रतियोगीहरुलाई उडाईने चङ्गा हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
पछिल्लो समय लोप हुँदै गएको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिने र उपत्यका भित्रैको मनमोहक गाउँको परिचयलाई उजागर गर्ने उदेश्यले चाडवाडको समय पारेर कार्यक्रम गरिएको संस्थाका उपाध्यक्ष जनजित केसीले बताए। कार्यक्रममा काठमाडौंमा नाम चलेका ६ वटा रेस्टुरेण्टहरुले फुड स्टल समेत राखेका थिए भने स्वतन्त्र ,सट्कोण ,ग्रिन फरेस्ट र नवयुग लगायतका साँगितिक समुहहरुले प्रस्तुती दिएका थिए। कार्यक्रममा स्थानिय असोक केसि र सेरे भाईको प्रहसन केन्द्र बिन्दुमा थियो ।
चंगा चेट प्रतियोगीतामा आरुबारी स्थित आनन्दपुर निवासी रविन लामा प्रथम भए भने आरुबारी आनन्दपुर कै उमेश न्योउपाने द्वितिय भए र प्रकाश भण्डारी त्रितिय भएका थिए ।मनोरन्जनात्मक कार्यक्रमको संचालन ईकुचाले गरेका थिए ।