समाचार

न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्

अभिभावक चनाखो नहुँदा बुधबार बिहान ब्यस्त म्यानहाटनको ट्रेन स्टेसनबाट एक ४ वर्षीया बालिका छलिएर हराएकी छिन् ।  संगै रहेको आफ्नी आमाबाट अकस्मात छलिन पुग्दा बालिका हराएकी हुन् ।

क्याट्लिन ब्राउन नामकी ती बालिका अन्तिम पटक म्यानह्याटनस्थित ५९ स्ट्रिट एण्ड लेग्जिङ्टन एभेन्यूको ट्रेन स्टेसनमा देखिएकी थिईन । सेतो रङको पातलो ज्याकेट, निलो रङको जिन्स र निलै रङको स्निकर (जुत्ता) लगाएकी बालिका बुधबार बिहान साँढे आठ बजेबाट हराई रहेकी छिन्   

तत्काल प्रहरीले आवश्य खोजी कार्य गरेता पनि बालिका नभेटिएकोले कसैले बालिकलाई देखेमा प्रहरीलाई खबर गरिदिनु हुन अनुरोध गरिएको छ ।  

श्रोत :न् युज ४ न्यूयोर्क