अमेरिका

राष्ट्रपति डोनाण्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने छानबिनलाई औपचारिकता दिने प्रस्ताव संसदबाट पारित

न्युयोर्क

अमेरिकी संसद्‌को तल्लो सदनले राष्ट्रपति डोनाण्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने  प्रस्ताव बहुमतद्वारा पारित गरेको छ।

सदनले पास गरेको प्रस्ताबमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने कुरा समेटिएको छ ।

संसद्‌मा भएको मतदान राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा चाँहि होईन ।  

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदनमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन रहे वा नरहेको कुराको यो पहिलो औपचारिक मतदाता थियो । बिहीवार  दिउसो सदनले महाअभियोग लगाउने बिषयको छानबिनलाई औपचारिकता दिने प्रस्ताब सदनबाट पास भएसंगै राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मतदानको भर्त्सना गरेको छ।

प्रस्तावको पक्षमा २३२ मत खसेको थियो भने विपक्षमा १९६ मत खसेको थियो।

सन् २०१६ को निर्वाचनमा झिनो मत अन्तरले ट्रम्प विजयी भएका राज्यबाट  प्रतिनिधित्व गर्ने दुई डेमोक्र्याट प्रतिनिधिले मात्रै प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।