डायस्पोरा

न्यूयोर्कमा १११ औं लक्ष्मी जयन्ती सम्पन्न

नोभेम्बर ३, २०१९ न्यूयोर्क

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरले आज एक कार्यक्रमका साथ १११ औं लक्ष्मी जयन्ती मनाएको छ । न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित थकाली किचेनको हलमा आयोजित कार्यक्रममा संस्थाले आफ्नो विविध कार्यक्रमको साथ महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतीमा जन्मजयन्ती मनाएको हो ।

अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा साहित्य सर्जक, अनेसासका आजिबन सदस्यज्यूहरू, पत्रकार तथा साहित्य मनपराउने पाठकहरुको उपस्थिती थियो ।

कार्यक्रमका प्रमूख आतिथी क्वीन्स सर्बोच्च अदालतका भुतपूर्व न्यायाधिश थोमस राफेल, बिशेष अतिथी अन्तर्राष्ट्रिय साहित्य समाजका पूर्ब केन्द्रीय अध्यक्ष / बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्री र साहित्यकार रशीद मोहम्मदले गरेका थिए ।

अनेसास न्युयोर्क च्याप्टरका महासचिव राजन महर्जनले सञ्चालन गरेको कार्यक्रममा अनेसास न्युयोर्क च्याप्टरका उपाध्यक्ष शकुन ज्ञवालीको स्वागत मन्तव्यबाट कार्यक्रमले गति लिएको थियो । च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ र कोषाध्यक्ष जानुका वस्ती ढकालले च्याप्टरको आय-ब्यय प्रस्तुत गरेका थिए भने उपाध्यक्ष शकुन ज्ञवालीले दुई बर्षको कार्यविवरण पनि पेश गरेको थियो ।

तिहारको माहोल भएकोले कार्यक्रममा देउसीभैलो, साहित्य सिर्जना बाचन तथा संस्थाका नवनिर्बाचित पदाधिकारीहरुलाई निर्वाचन आयोगका प्रतिनिधिबाट सपथ ग्रहण गराईएको थियो ।

कार्यक्रममा साहित्यानुरागीहरु केबिन शाह, शारदा क्षेत्री, रश्मी भट्ट, सृजना तुलाधर, लक्ष्मी श्रेष्ठ, नबराज खड्का, आनन्द श्रेष्ठ, राजन महर्जन तथा डा. गोविन्द कोईरालाले आफ्ना रचनाहरु बाचन गरेका थिए ।

अनेसास केन्द्रीय कोषाध्यक्ष बिकाश बिष्टले महाकवि लक्ष्मीप्रसाद देबकोटाको जीवनीको बारेमा प्रष्ट पार्नु भएको थियो भने बिशेष अतिथि अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गिता खत्री, साहित्यकार डा. मधु माधुर्य, बद्री बिनोद प्रतीक, कमला प्रसाईं, धनिराम सापकोटा, राम क्षेत्री र रशीद मोहम्मदले आ-आफ्नो मन्तब्य दिएका थिए ।

तस्बिर: ज्योतिकुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ