समाचार

नक्सा विवादमा भारतको स्पष्टिकरण के आयो ?

काठमाडौं । गत शनिबार भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साको नेपालमा व्यापक विरोध शुरु भएपछि भारतले इन्कारी प्रतिक्रिया दिएको छ ।

भारतीय नक्सा विवादबारे बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता रवीश कुमारले नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको प्रतिक्रिया दिएका छन् ।

नयाँ नक्साले नेपालमा भारत विरोधी गतिविधि भएको भन्दै भारत सरकारको धारणा पत्रकारले मागेका थिए । जवाफमा प्रवक्ता कुमाले नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई मात्र देखाइएको र सीमा हेरफेर नभएको बताए ।

तर नेपालसँगको सीमा विवाद भने दुई देशबीचको संयन्त्रबाट समाधान गर्न सकिने उनको धारणा थियो । सीमा विवाद दुई देशबीचको सम्वन्ध विगार्न खोज्नेहरुका काम होकी भन्ने आंशका समेत उनले व्यक्त गरे ।