खेलकुद

नेपाल र कुवेतबीच भूटानमा प्रतिस्पर्धा

File Photo

काठमाडौं । अन्तर्राष्ट्रिय रंगशालाको अभावले नेपालले कुवेतसँग हुने होम म्याच घरमै खेल्ने अवसर गुमाएको छ । अब नेपाल र कुवेतबीचको प्रतिस्पर्धा भूटानमा हुने भएको छ ।

फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनका लागि छनोट प्रतियोगितामा यी दुई मुलुक भिड्न लागेका हुन् । यो खेल ३ मंसिरमा हुँदैछ ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा खेल हुने पक्का भएको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

एन्फाले आफ्नो मैदान तयार नभएको अवस्थामा स्वतन्त्र भेन्यूका रुपमा भुटानमा खेल्न प्रस्ताव गरेको थियो ।

त्यसलाई एसियाली फुटबल महासंघले स्विकृत गरेको एन्फाले उल्लेख गरेको छ । दशरथ रंगशालाको तयारी पुरा नभएपछि विदेशमै खेलाउनु पर्ने बाध्यता आएको हो ।