समाचार

नेपाल-भारत सीमा विवाद मिलाउन कूटनीतिक पहल

काठमाडौं । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा भारती विरोधी धारणा बढिरहेको सन्दर्भमा भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले कूटनीतिक पहल थालेका छन् ।

उनले अघिल्लो शुक्रबार भारतीय विदेश सचिव विजय गोख्लेसँग भेटसँग भेटवार्ता गरेका हुन् । नेपाल र भारतबीच कालापानीको सीमा क्षेत्रमा लामो समयदेखि विवाद छ ।

पछिल्लो समय भने नक्सा सार्वजनिक भएपछि यो विवाद चर्किएको हो । त्यसो त प्रधानमन्त्री कपी शर्मा ओलीले पनि दुई देशबीच उच्चस्तरीय वार्ताबाटै समस्या समाधान गरिने बताएका छन् ।

नेपाली दस्तावासका अनुसार शुक्रबार राजदुत निलाम्बर आचार्यले भारतीय विदेशसचिव सीमा विवादबारे छलफल गरेको हो ।

दूतावासले सोमबार यसबारे जानकारी गराएको हो । ‘राजदूत आचार्य र विदेश सचिव गोख्लेबीच गोख्लेकै कार्यकक्षमा शुक्रबार भेटवार्ता भयो। वार्ताका क्रममा सीमा विवादलगायत दुई पक्षीय सम्बन्धबारे छलफल भयो,’ दूतावासद्धारा जारी गरिएको ट्विटमा भनिएको छ ।

दूतावासका अनुसार आचार्यले कालापानी क्षेत्र नेपालको भएको अडान दोहोर्‍याएका छन् । सीमा विवाद वार्ताबाटै हल गर्नुपर्ने राजदूतको छ ।