समाचार

स्थानीय तहको उपनिर्वानका लागि मनोनयन दर्ता आज

काठमाडौं । स्थानीय तहमा रिक्त पदमा पदाधिकारीको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिने भएको छ ।

१४ मंसिरमा हुने निर्वाचनका लागि आजबाट स्थानीय तहको प्रक्रिया शुरु भएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको मनोनयन भने टुंगिसकेको छ ।

स्थानीय तहअन्तर्गत एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारका लागि भने आयोगले चुनाव चिह्नसमेत दिइसकेको छ । उनीहरु अहिले चुनावी प्रचारप्रसारमा खटिइसकेका छन् ।