विश्व

बंगलादेशका राष्ट्रपति आज दिनभर भेटघाटमा, भोली पोखरा

काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार दिनभर भेटघाटमा व्यस्त हुने भएका छन् ।

उनले बुधबार समकक्षी विद्यादेवी भण्डारीसँग उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराट्र मन्त्रालयले जनाएको छ । दुई राष्ट्रपतिबीच साँझ ४ बजे औपचारिक भेटवार्ता हुँदैछ ।

हमिद शितलनिवास जाने कार्यक्रम रहेको छ । यस भेटका क्रममा द्धिपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षीको स्वागतमा बेलुका होटल याक एण्ड यतिमा रात्रिभोजको आयोजना गरेकी छन्। त्यसअगाडी राष्ट्रपतिले नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो सवा ३ बजे, साढे २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने तय भएको छ ।

बिहान पौने ११ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र सवा ११ बजे सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति हमिदलाई भेट्दै छन् ।

राष्ट्रपति हमिद ५२ सदस्यीय टोलीको नेतृत्व मंगलबार काठमाडौं आइपुगेका हुन् । मंगलबार नै भक्तपुर घुमघाममा निस्कने उनी भोली पोखरा जाने कार्यक्रम रहेको छ ।