फिचर

फर्मुला वान इ–कार रेस नेपालमा हुने

काठमाडौं । विश्वकै चर्चित कार रेसमध्ये एक वान इ–कार रेस पहिलोपटक नेपालमा आयोजना हुने भएको छ । नेपालको मुस्ताङमा मे २०२१ मा यो इभेन्ट आयोजना हुने घोषणा गरिएको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा यसको जारी दिइएको हो । इ-कार च्याम्पियनसीपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागले मंगलबार मुस्ताङ पुगेर साइट अवलोकन गरेका थिए ।

उनको साथमा पर्यटन मन्त्री योगेश भट्टराई र नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशीसमेत पुगेर उक्त स्थानको बारेमा जानकारी लिएका थिए ।
पर्यावरण सन्तुलन तथा वैकल्पिक उर्जा, खासगरी विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन यो कार्यक्रम महत्वपूर्ण सावित हुने मन्त्री भट्टराईले बताए ।

विश्वव्यापी रुपमा यस रेसिङमा एक सीटयुक्त विद्युतीय रेसिङ कार प्रयोग हुन्छ । नेपालमा भने विद्युतीय कारको प्रयोग गरिने भएको छ । नेपालमा यस कार्यक्रमलाई ‘एक्स्ट्रिम रेस’ भनिएको छ । कार्यक्रम संयोजन नेपाल पर्यटन बोर्डले गर्ने भएको छ ।