समाचार

सरकारको चार महिनाको कामबाट स्वयम: प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म सरकारको काम संतोषजनक नभएको भन्दै असन्तुष्टी जनाएका छन् । यसबीचमा पूँजिगत खर्च निकै कम भएको छ ।

विकास निर्माणले अझै गति लिन सकेको छैन । संविधानतः १ साउनपछि बजेट कार्यान्वयनले गति लिनु पर्ने हो सोमबार प्रधानमन्त्री कार्यालयमा सबै मन्त्री र सचिवहरुसहितको समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले उक्त गुनासो गरेका हुन् ।

प्रधानमन्त्रीले मन्त्रालयलाई ठेक्काको विस्तृत विवरण तयार पार्न र काम गर्न नसक्ने ठेकदारहरुको ठेक्का खोस्न समेत निर्देशन दिए । यस वर्ष प्रशासनिक अल्झन नहुँदासमेत राम्रा काम हुन नसक्नुमा सरकारको कमजोरी भएको उनको भनाई थियो ।

प्रधानमन्त्रीले १५ दिन भित्र कुन आयोजना कुन ठेकेदारलाई ठेक्का दिइए, कहिले सम्पन्न हुनुपर्ने र कुन कार्यालयले दिएको बारे विस्तृत विवरण तयार पार्न सरोकारवाला मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

मन्त्रालयहरुले विकास निर्माणको कामलाई गति दिन नसक्दा त्यसको अपजस समग्र नेतृत्वका हैसियतमा प्रधानमन्त्रीले लिनुपर्छ ।