रोचक खवर

विवादित ट्वीटका कारण आलोचनाको शिकार भए रवीन्द्र मिश्र

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनमा आफ्नो दललाई जनताले नराम्रोसँग हराएपछि विवादित ट्वीट गरेका छन् ।

उनले जनमतको अपमान हुने गरी जनताले भ्रष्टता, र असक्षमतालाई अनुमोदन गरेको भन्दै ट्वीट गरेपछि उनको बौद्धिक स्तरलाई लिएर सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ ।

जनताले भोट दिएर जिताएका उमेदवारलाई हार्दिकताका साथ बधाई दिनुको साटो उनले ठूला दलप्रति विष ओकल्ने प्रयास गरेका छन् ।

नकारात्मक टिप्पणीमार्फत राजनीति गरिरहेका दलका विकल्प दिन्छु भन्दै राजनीतिमा होमिएका मिश्र र उनको दलले पनि पुरानै ढर्रा कायम राखेपछि उनी आलोचनाको शिकार बनेका हुन् ।

उपनिर्वाचनमा अधिकांश स्थानमो उनको दलको जमानत जफत भएको छ । निर्वाचनमा नेकपा र कांग्रेसको बाहुल्य देखिएको छ । खासगरी पोखराको निर्वाचन परिणाम आइसकेपछि उनको आक्रामक ट्वीट सार्वजनिक भएको थियो ।

उनले भनेका छन्, ‘उपचुनावमा साझा पार्टीले छोटो समयमा जे गर्‍यो त्यसमा थप धेरै मेहनत गर्नुपर्ने सन्देश दिएको छ’ कास्की–२ को निर्वाचन परिणाम सार्वजनिक भए लगत्तैले संयोजक मिश्रले ट्विटरमा भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।

उनको यो ट्वीटसँगै सामाजिक संजालमा विषय ओकलेको भन्दै उनीविरुद्ध नकारात्मक टिप्पणी जारी रहेको छ ।