फिचर

साग : आज नेपाल र श्रीलंका फूटबलमा भिड्दै

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष फूटबलमा आज नेपाल र श्रीलंका भिड्दैछन् ।

साँझ ५ बजे दशरथ रंगशालामा हुने फूटबलमा नेपाल दोस्रो जीतको खोजिमा हुने छ । मंगलबार भूटानलाई पराजित गरेको नेपालले श्रीलंकालाई हराउन सके दोस्रो चरणमा प्रवेशको सम्भावना बलियो हुनेछ ।

बुधबार नै कराँतेको अन्तिम ४ स्वर्ण पदकको समेत टुंगो लाग्दैछ । यसबाहेक एथ्लेटिक्स, तेक्वान्दो र उसुका खेलको प्रतिस्पर्धा बुधबारका लागि राखिएको छ ।

तेस्रो दिनको खेल सकिदासम्म नेपाल २३ स्वर्णका साथ अंक तालीकामा पहिलो स्थानमा छ । नेपाललाई भारतले पच्छ्याइरहेको छ ।

भारतको १५ स्वर्ण पुगिसकेको छ । गोकर्ण गल्फ रिसोर्टमा बुधबार गल्फका दोस्रो दिनका खेल संचालन हुँदैछन् । गोकर्णमा साइक्लिङ इभेन्ट पनि आजै राखिएको छ । सातदोबाटोमा सुटिङ र टेनिसका खेल संचालनको खेलतालिका रहेको छ ।