फिचर

साग फुटबल : नेपाललाई श्रीलंकाले बराबरीमा रोक्यो

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले श्रीलंकासँग बराबरीमा रोकिनु परेको छ । ९० मिनेटसम्म अग्रता लिएको नेपालले इन्जुरी समयमा गोल खान पुग्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा बराबरीका बावजुत नेपाल दुई खेलबाट ४ अंकका साथ अंक तालीकाको पहिलो स्थानमा रहेको छ ।

नेपालले ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । खेलमा नेपाल हावी थियो । तर श्रीलंकाले राम्रो डिफेन्स खेल्यो ।

श्रीलंकन खेलाडीले पटक पटक मैदानमा झगडा झिकेका थिए । श्रीलंकाका लागि इन्जुरी समयको पहिलो मिनेटमै जुडे सुमनले उत्कृष्ट गोल गर्दै बराबरीमा ल्याए ।

यस पटक साग फूटबलमा भारत र पाकिस्तानले खेलाडी पठाएनन् । ५ राष्ट्र सहभागी भएको लिग राउण्ड रोविनका आधारमा खेल जारी छ ।

राउण्ड रोविन लिगको शीर्ष दुई स्थानमा रहने टोलीले स्वर्ण पदकका लागि खेल्नेछन् । बुधबार नै भएको महिला क्रिकेटमा भने नेपालले बंगलादेशसँग नराम्रो हार बेहोरेको छ । बंगलादेशले नेपाललाई १० विकेटले पराजित गर्यो ।