समाचार

प्रचण्ड नेतृत्वमा नेकपाले गर्यो चूनावी समिक्षा

काठमाडौं । प्रचण्डले पार्टीमा कार्यकारी अध्यक्षको भूमिकामा पहिलो पटक नेकपाको सचिवालय बैठक राखेका छन् ।

बुधबार बसेको बैठकमा हालै सम्पन्न स्थानीय निर्वाचनको समिक्षा गरेको छ ।

बैठकले परिणाम पार्टीको पक्षमा आएको निष्कर्ष निकाल्दै स्थानीय तहमा लिएका कतिपय नीति भने जनताले मन नपराएको प्रष्ट हुने नेकपाको निष्कर्ष रहेको छ ।

यसअघि नेकपाले जितेका एक प्रदेश सांसद र एक उपमहानगरपालिकामा अहिले कांग्रेसले जितेको छ ।

ती स्थानीय तहमा पार्टीले जित्दा लिएका करलगायत कतिपय नीतिले पार्टीलाई फाइदा नगरेको नेकपाको निष्कर्ष रहेको छ । स्थानीय तहका काम कारवाहीमा पार्टीको निर्देशनसमेत आवश्यक रहेकोमा नेताहरुको जोड रहेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार सामान्य समिक्षा भएको । चुनावको विस्तृत समिक्षा भने तल्लो कमिटीबाट आएको रिपोर्टका आधारमा गरिने भएको छ ।

अर्को बैठक २३ मंसिरका लागि राखिएको छ । नेकपाले चुनाव हारेका स्थानबाट रिपोर्ट मगाएको छ । त्यसपछि मात्र विस्तृत समिक्षा हुने भएको हो ।
नेकपाले ३७ जिल्लाका ५२ स्थानमा भएको उपचुनावको समग्र समीक्षा गर्ने तयारी गरेको हो । उपचुनाव भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक-एक सिटसहित नेकपाले ३० ठाउँमा जितेको छ ।