फिचर

१३ औं साग : पदकमा नेपाललाई उछिन्यो भारतले

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तेस्रो दिनको खेल सकिदा नेपालको अग्रतालाई भारतले भंग गरेको छ ।

पदक तालिकामा नेपाललाई उछिन्दै भारत पहिलो स्थानमा पुगेको छ । तेश्रो दिन बुधबारका लागि निर्धारित खेल सकिदाँसम्म भारतको पोल्टामा ३२ स्वर्ण पुगेको छ ।

नेपालले २९ स्वर्ण जितेको छ। यसअघि दुई दिन भने लगातार नेपाल पहिलो स्थानमा थियो । बुधबारका खेल सकिदासम्म भारतले ३२ स्वर्ण २३ रजत र १३ कास्य गरी कूल ६८ पदक हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

२९ स्वर्ण, १५ रजत र २५ कास्यसहित नेपालको कूल पदक ६९ पुगेको छ । तेश्रो स्थानमा पाकिस्तान छ । उसले ९ स्वर्ण, १८ रजत र १८ कास्यसहित ४५ पदक जितेको छ ।

श्रीलंकाको भागमा ८ स्वर्ण २३ रजत र ३८ कास्य सहित ६९ पदक पुगेको छ । बंगलादेशले अहिलेसम्म ४ स्वर्ण ७ रजत र २६ कास्य पदक जितेको छ ।

माल्दिभ्सले साग इतिहासमै पहिलो पटक स्वर्ण जितेको छ । उसलको १ स्वर्ण र २ कास्य भएको छ । भुटानले भने स्वर्ण जितेको छैन ।

भुटानको नाममा ४ कास्य पदक रहेको छ । जारी सागमा नेपालले ५० भन्दा माथि स्वर्ण जित्ने लक्ष्य राखेको छ ।