स्वास्थ्य

डिस्चार्ज भए प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० दिनको उपचारपछि प्रधानमन्त्री ओली बिहीबार डिस्चार्ज भएका हुन् ।

उनी अस्पतालबाट बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गएका हुन् । डाक्टरले केही दिन आरामको सल्लाहसहित प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरेका हुन् ।

डिस्चार्ज गरेसँगै प्रधानमन्त्रीले आफू निको भइसकेको प्रतिक्रिया दिएका थिए । बिहीबार नै प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् ।

उनी अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसनपछि अस्पतालमा उपचारार्थ भर्ना भएका थिए ।