समाचार

धरहराको मूख्य संरचना निर्माण एक वर्षभित्रै

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक वर्षमा धरहराको मुख्य संरचना तयार भइसक्ने दावि गरेको छ ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आयोजना गरेको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त जानकारी गराएका हुन् ।

धरहरा पुनर्निर्माण द्रुत गतिमा भएको भन्दै उनले एक वर्ष भित्र मुख्य संरचना पुनर्निर्माण भइसक्ने बताए । ‘धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं, उनले समितिमा भने, पुनर्निर्माण समयमा सकिनेछ ।’

बैठकमा सांसदहरुले धरहरा निर्माणको गतिमा शंका गर्दै ज्ञवालीसँग प्रश्न राखेका थिए । धरहरा जिआइइटिसी–रमन जेभीले निर्माण गरिरहेको छ ।

प्राधिकरणका अनुसार धरहराको मुख्य संरचना आगामी एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाइएको छ ।

समिति सभापति शशी श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भएको बताइन् ।

प्राधिकरणका अनुसार धरहरामा तीन तला ढलान भइसकेको छ। पुरानो भत्किएको धरहरा यथावत राखेर नयाँ डिजाइनसहित सोही स्थानमा धरहरा बनिरहेको छ ।