डायस्पोरा

गौरिकाको नाममा दोस्रो स्वर्ण

गौरिका सिंह

काठमाडौं । बेलायतमा बसे पनि नेपालका लागि खेल्ने जलपरी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि दोस्रो स्वर्ण जितेकी छिन् ।

पौडीमा राष्ट्रिय स्तरमा सबैखालका रेकर्ड आफ्नो नाममा बनाएकी उनले जारी सागमा दोस्रो स्वर्ण जितकेी हुन् । शुक्रबार सम्पन्न २०० मिटर ब्याकस्ट्रोकमा उनी पहिलो स्थानमा रहन सफल भईन् ।

उनले निर्धारित दुरी २ मिनेट १७.७३ सेकेण्डमा पार गर्दै स्वर्णमात्र जितिनन्, नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम गरिन् ।

उनले शुक्रबार हिट चरणमा समेत २ मिनेट ३४.१६ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । यस स्पर्धामा कीर्तिमान उनकै नाममा रहेको थियो ।

आफू बेलायतमा बसेपनि आफ्नो प्रयास नेपालकै नाम चम्किलो बनाउनेमा रहने प्रतिक्रिया उनले दिएकी छिन् । आफ्नो सबै रेकर्ड र पदक देशका लागि समर्पित गर्ने उनको भनाई छ ।