फिचर

आज काठमाडौंमा म्याराथन, सवारी आवागमन रोकिने

काठमाडौं । जारी १३ औं दक्षिर्ण सियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शनिबार राजधानीमा म्याराथन दौड प्रतियोगिता हुँदैछ ।

आज अत्यावश्यकबाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

म्याराथन दौड बिहान सात बजेबाट सुरु हुने कार्यक्रम रहेको छ । दशरथ रंगशालाबाट दौड प्रारम्भ हुनेछ ।

दौड टेकु, कालिमाटी, बल्खु, एकान्तकुना, कोटेश्वर हुदै भक्तपुरको सूर्यविनायकसम्म पुग्‍नेछ ।

साथै पुन सोही रुट हुँदै कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली, वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तरी ढोका, नागपोखरी, जय नेपाल, संग्रहालयको दक्षिणी द्वार, घण्टाघर भद्रकाली हुँदै रंगशालासम्म पुग्ने गरी दौड प्रतियोगिताको रुट कायम गरिएको छ ।

यस रुटमा पर्ने क्षेत्रमा सवारी साधन रोकिने भएकाले अत्यावश्यक सवारी साधन मात्र चलाएर सहयोग गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ ।