फिचर

क्रिकेट र फूटबलमा आज महत्वपूर्ण खेलमा नेपाल भिड्दै

काठमाडौं । नेपालका तीन शहरमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार क्रिकेट र फूटबलका तीन महत्वपूर्ण इभेन्ट आज हुँदैछन् ।

महिला फूटबलमा आज नेपालले भारतसँग फाइनल खेल्दैछ । यो फाइनल जित्न सके नेपाली महिला टोलीका लागि एतिहासिक पदक प्राप्त हुने छ । यो खेल पोखरामा हुने छ ।

पुरुष फूटबलमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ । माल्दिभ्सलाई हराउन सके नेपाल फूटबलको शीर्ष दुईमा रहने सम्भावना बलियो हुन्छ । यता, पुरुष क्रिकेटमा भने नेपालले स्वर्ण पदकको दाबेदार बंगलादेश यू २३ सँग खेल्दैछ ।

यो खेल पनि नेपाललाई जित्नै पर्ने दवाव छ । किनक यो खेल जित्दा नेपालले फाइनलमा स्थान बनाउँछ । हार्दा भने बाहिरिने सम्भावना छ ।

प्रतियोगितामा पाँच राष्ट्र सहभागी छन् । राउण्ड रोविन लिग प्रणालीमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा श्रीलकाले नेपालाई हराएको थियो ।

नेपालले भुटान र माल्दिभ्सलाई हरायो । अब बंगलादेशलाई भने नेपालले हराउनै पर्ने बाध्यतामा मैदान उत्रने भएको छ ।