फिचर

३० स्वर्णका लागि आज दर्जनौं प्रतिस्पर्धा

काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत आज ३० स्वर्ण पदकको छिनोफानो हुँदैछ । फाइनल प्रवेशका लागि आज फूटबलमा नेपाल र बंगलादेशबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ ।

यस प्रतिस्पर्धाले नेपाललाई अर्को जिततर्फ उन्मुख गराउन सक्छ । ह्याण्डबलमा उपधिका लागि नेपाल र भारतसँग भिड्नेछन् ।

पौडीतर्फ पनि आठ वटा स्वर्ण पदकका लागि आज प्रतिस्पर्धा राखिएको छ । कुस्तीमा स्वर्णको प्रतिस्पर्धा हुने भएको छ । कुस्तीका खेल जनकपुरमा भइरहका छन् ।

कुस्तीमा अहिलेसम्म नेपालले एक स्वार्ण जितिसकेको छ । ५५ केजी तौल समूहमा नेपालकी संगीता धामीले स्वर्ण पदक जितेकी थिइन् ।

फेन्सीङ र स्क्वासका दुइ दुई स्वर्ण पदको टुंगो आज नै लाग्ने भएको छ । टेनिसमा ४ स्वर्णका लागि आइतबार प्रतिस्पर्धा हुने खेलतालिका राखिएको छ । बिच भलिबलको स्वर्ण आज हुने भएको छ ।