फिचर

पदक तालीकामा नेपाल दोस्रो, भारत तेब्बरले अगाडी

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा आइतबारका खेल सम्पन्न भएसँगै पदक तालीकामा नेपाल दोस्रो स्थानमा कायम रहेको छ ।

आइतबार नेपालको नाममा २ स्वर्ण थपियो । अहिले नेपालको खातामा कूल ४५ स्वर्ण पुगेको छ । नेपालले ४४ रजत र ७५ कास्यसमेत कूल १६४ पदक जितिसकेको छ ।

आइतबार पौडीकी गौरिका सिंह र जुडोकी देविका खड्काले नेपालका लागि स्वर्ण पदक दिलाए । उता, भारत भने भने नेपालभन्दा तेब्बर बढी स्वर्णसहित पहिलो स्थानमा रहेको छ ।

भारतको स्वर्णमात्र १३२ पुगेको छ । उसले ७९ रजत र ४९ कास्यसमेत जितेको छ । ३४ स्वर्णका साथ श्रीलंका तेस्रो स्थानमा रहेको छ ।

२८ स्वर्ण जित्दै पाकिस्तान चौथो स्थानमा रहेको । ८ स्वर्णका साथ बंगलादेश पाँचौ, १ स्वर्ण जितेको माल्दिभ्स छैठौं र स्वर्ण जित्न नसकेको भुटान पदक तालीकोको अन्तिममा छ ।

उसले ९ कास्य पदक जितेको छ । यस पटक नेपालले साग इतिहासमै सर्वाधिक स्वर्ण जितिसकेको छ ।