फिचर

नेपाल र चाइनिज ताइपेई मैत्रीपूर्ण फूटबल खेल्ने, मलेसियासँग पराजित

काठमाडौं । नेपाल र चाइनिज ताइपेईबीच आगामी ६ जुनमा मैत्रीपूर्ण फूटबल हुने भएको छ । अखिल नेपाल फूटबल संघ (एन्फा)का अनुसार फूटबल चाइनिज ताइपेईको घरेलु मैदानमा हुँदैछ ।

अहिले नेपालको आधिकारिक फूटबल प्रतियोगिता नभएका कारण मैत्रीपूर्ण फूटबल खेलिरहेको छ । यसैबीच मलेसियाले मैत्रिपूर्ण फूटबलमा नेपाललाई हराएको छ ।

आइतबार मलेसियाले घरेलु मैदानमा भएको खेलमा नेपाललाई २—० गोल अन्तरले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा नेपालले दोस्रो हाफमा भने दुईले पछि पर्यो ।

पहिलो हाफमा बिक्रम लामाको प्रहार मलेसियाको गोलपोष्टमा लागेर फर्कियो भने गोलकिपर किरण चेम्जोङले पनि मलेसियाका थुप्रै प्रहार जोगाए । नेपालले ५० औं मिनेटमा पेनाल्टी खायो ।

अनन्त तामाङको फलमा मलेसियालाई पेनाल्टी दिइएको थियो । ८१ औं मिनेटमा नेपालले दोस्रो गोल खाएसँगै मलेसियाले घरेलु मैदानमा उत्कृष्ट जीत हात पार्यो ।