घूमघाम

श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडानको तयारी

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडान बिस्तारको तयारी गरेको छ । कम्पनीले बुधबार यी दुई विमानस्थलमा सफल परिक्षण उडान गरेको छ ।

अब नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै ती दुई विमानस्थलमा समेत श्री एयरलाइन्सका जहाज उड्नेछन् ।

श्री एयरलाइन्सले बम्बाडियर सीआरजे जहाजबाट उडान गरिरहेको छ । कम्पनीले अहिले तराईका ७ वटा विमानस्थलमा काठमाडौंबाट जहाज उडाइरहेको छ ।

श्री एयरलाइन्सले ६ वटा जहाजबाट उडान दिइरहेको छ । कम्पनीले जनकपुर सिमरा तथा पोखराबाट उडान थाल्ने तयारी गरेको हो ।