खेलकुद

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अवरोध गर्ने छुटे

काठमाडौं । चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अवरोध गर्ने व्यक्तिहरु सोमबार छुटेका छन् ।

उनीहरुलाई धुर्मुश सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुरक्षा गर्न लगाइएको तारबार भत्काएको आरोपमा पक्राउ गरिएको थियो । १८ जना पक्राउ परेकोमध्ये सोमबार मध्ये १४ जना मात्र छुटेका हुन् ।

उनीहरुलाई अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइएको थियो । उनीहरु हाजिरी जमानीमा छुटेका हुन् । मुख्य आरोपी प्रकाश कँडेलसहित ४ जना भने थुनामै छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले विभिन्न दाताको पहलमा यो रंगशाला निर्माण थालेको छ । बाटोको विषयमा स्थानीयसँग विवाद भएपछि रंगशाला निर्माणमा लगाइएको तारबारमा डोजर लगाइएको थियो ।