विश्व

भारतमा आन्दोलनका दौरान भड्कियो हिंसा, २० ले गुमाए ज्यान

काठमाडौं । विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतमा जारी आन्दोलनले हिंसात्मक रुप लिएको छ ।

खासगरी ठूलो संख्यामा रहेको मुस्लिम समुदायलाई नागरिकताबाट बन्चित गराउने गरी सरकारले कानून संशोधन गरेपछि भारतमा प्रदर्शन शुरु भएको छ ।

अहिलेसम्म २० जनाले ज्यान गुमाइसेको भारतीय संचारमाध्यमले लेखेका छन् । उत्तर प्रदेशमा मात्र ११ जनाको मृत्यु भएको छ ।

बिहारमा शनिबार समेत रेल्वे तथा सडक यातायात सेवा अवरुद्ध छ । विभिन्न् स्थानमा आन्दोलन जारी रहेको छ ।

वाराणासीमा एक बालकको भीडले किचेर मृत्यु भएको छ । अन्यलाई भने प्रहरीले गोली चलाएर मारेको हो ।

आप्रवासीलाई नागरिकता दिने सम्बन्धी कानूनमा मुस्लिमबाहेक अन्य धर्मका लागि खुकुलो कानून ल्याएपछि भारतमा त्यसले हिंसाको रुप लिएको हो ।