समाचार

काभ्रेमा टिपर चालकले लिए सपथ

काभ्रे । सडक दुर्घटना न्यूनिकरण र नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले काभ्रेमा नौलो शैली अपनाइएको छ । सोमबार काभ्रेमा टिपर चालकलाई ९ बुँदे सपथ खुवाइएको छ ।

नेपालमा पछिल्ला दिनमा अधिक गतिका कारण टिपरले ठक्कर दिँदा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

यसैमेसोमा काभ्रेमा सोमबार चालकहरुलाई सथप खुवाइएको छ । कार्यक्रममा करिब ५० जना टिपर चालकलाई दुर्घटना न्यूनिकरण गर्न विश्वकर्मा बाबाको नाममा सपथ खुवाइएको हो ।

चालकलाई ट्राफिक इन्स्पेक्टर विशाल तामाङले सपथ खुवाएका हुन् । सोमबार र मंगलबार गरी करिब एक हजार टिपर चालकलाई सपथ खुवाउने कार्यक्रम रहेको बनेपा ट्राफिक कार्यालयले जनाएको छ ।

सडक दुर्घटना न्यूनिकरण र नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न यस्तो अभियान संचलनमा ल्याइएको बताइएको छ ।

यसले राम्रो सन्देश प्रवाह हुने बाग्मती टिपर व्यवसायी संघले जनाएको छ । चालकहरूले विश्वकर्मा भगवानका नाममा सबै ट्राफिक नियम पालना गर्ने सपथ खाएका छन् ।

सोमबार नै टिपर चालकले नेपाल भ्रमण वर्ष २०२० को स्टिकर आफ्नो सवारी साधनमा टाँसेका छन् ।

चालकले मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी नचलाउने, गाडीमा संगितको उफर तथा झल्लर र सिसामा स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने, जथाभावी ओभरटेक तथा पार्किङ नगर्ने सपथ खाएका छन् ।

यसैगरी पानी चुहाएर सामान ढुवानी नगर्ने, ओभरलोड सामान नबोक्नने, गाडी चलाउनु अगाडि गाडी चेकजाँच गर्ने र क्याबिन र ढालामा यात्री नराख्ने कसम समेत खाएका छन् ।

तीव्र गतिमा गाडी नचलाउने, गाडी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने र आकस्मिक सेवाका साधन तथा पैदल यात्रुलाई प्राथमिकता दिने समेत सपथ खाएका छन् ।

गाडीको कागज पत्र सधै साथमा राख्ने, ट्रापिक नियम पालना गर्ने र भ्रमण वर्षको प्रवद्र्धन गर्ने कसम समेत खाएका छन् ।