विज्ञान प्रविधि

राजधानीका चोक-चोकमा बल्न थाले ट्राफिक लाइट

काठमाडौं । राजधानी काठमाडौंका सडकमा ट्राफिक लाइट बल्न थालेका छन् ।

सडक विभाग र महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट बिग्रेका ट्राफिक बत्ति मर्मत तथा नयाँ जडान गरी ट्राफिक लाइट बाल्न सफल भएका हु्न ।

बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगञ्ज चोक, कालिमाटी, तीनकुने, पद्मोदय चोक, पुतलीसडक, बागबजार, पुरानो बानेश्वर, मित्रपार्कमा ट्राफिक बत्ति बल्न थालेको छ ।

यसले ट्राफिक व्यवस्थापन निकै सहज भएको छ भने ट्राफिक प्रहरीको काम समेत निकै सहज बनेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सवारी चाप हुने मुख्य ११ वटा चोकमा २९ पुसबाटै ट्राफिक बत्ति बल्न थालेको छ ।

राजधानीमा करीव १ दशकयता नियमित ट्राफिक लाइट नहुँदा मूख्य चोकमा ट्राफिक प्रहरीले हातको इशारामा ट्राफिक व्यवस्थापन गर्दै आएका छन् ।

पछिल्लो समय राजधानीमा सडक बिस्तार र खाल्डा पुर्ने कामले समेत गति लिएको छ ।

खासगरी नयाँ भौतिक पूर्वाधार मन्त्री आइसकेपछि काठमाडौंको रौनक नै फेरिने गरी काम भइरहेको अनुभव जनताले समेत गर्न लागेको छन् ।