समाचार

कोरोना भाइरसले महामारी रुप लिँदै, चीनमा मात्र २५ को ज्यान गयो

काठमाडौं । कोरोना भाइरसले चीनमा महामारीका रुप लिएको छ । केही साताअघि मात्र देखा परेको यो भाइरसले अहिलेसम्म २५ जनाको ज्यान गएको छ ।

संचार माध्यमहरुका अनुसार शुत्रबारसम्म २५ हताहती भएको चिनियाँ सरकारी अधिकारीले सार्वजनिक गरेका छन् ।

चीनमा मात्र ८ सय ३० व्यक्तिमा यस भाइरसको संक्रमण फैलिएको छ । चीनको नेसनल हेल्थ कमिसनले यस भाइरसबारे विवरण सार्वजनिक गरेको हो ।

अझै केही मानिसहरुको गम्भीर अवस्थामा उपचार जारी रहेका कारण मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ ।

संक्रमितमध्ये ३४ जना चाही उपचारपछि निको भइसकेका छन् । अहिले हुवेई प्राप्तमा बढी संक्रमण देखिएको छ ।

कोरोना भाइरसले विश्वव्यापी रूप लिन चिन्ता भने संसारभर थपिएको छ ।

चिनियाँ नागरिकको बढ्दो आजजाउ तथा मानिसबाट मानिसमा नै सर्ने भएका कारण समेत यो भाइरसले बढी समस्या सिर्जना गर्र्न सक्ने चिन्ता लिइएको हो । संसारभर विमानस्थलहरुमा हेल्पडेस्क राखेर सचेतना शुरु भइसकेको छ ।

एजेन्सी