विश्व

टर्कीमा धावनमार्गमा चिप्लयो विमान, ३ जनाको मृत्यु

काठमाडौं । १८१ यात्रु बोकेको द पेगासस एयरलाइन्सको जहाज अवतरणका क्रममा टर्कीको राजधानी इस्तानबुलमा धावनमार्गमा चिप्लिएको छ । यस दूर्घटनामा ३ जनाको ज्यान गएको छ ।

१७९ जनालाई उपचारका लागि विभिन्न अस्पताल लगिएको छ । जहाज अवतरणका दौरान दूर्घटनामा परेको थियो ।

समाचार एजेन्सीहरुका अनुसार जहाज तीन टुक्रा बनेको छ । पश्चिम टर्कीस्थित इजमिर प्रान्तबाट आएको विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनामा परेको हो ।

बोइङ ७२७ विमान अवतरणका क्रममा विमानस्थलमा तीब्र वेगमा हावा चलेको थियो भने ठूलो वर्षासमेत भएको थियो ।

सोहीकारण दूर्घटनामा परेको हुन सक्ने अनुमान छ । जहाजमा २० जना विदेशीसहित अन्य सबै टर्कीका नागरिक चढेका थिए ।