समाचार

ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, 'गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो'

काठमाडौं । वालुवाटारको ललित निवास जग्गा प्रकरणमा आफ्ना वरिष्ट नेता विजय कुमार गच्छदार मुछिएपछि प्रमुख प्रतिपक्षी कांग्रेस आक्रोसित बनेको छ ।

पार्टीले जग्गा फिर्ता गर्ने मन्जुर भएकै आधारमा नेकपा नेता विण्णु पौडेलका छोरा नविन पौडेल उम्कनु र विजय गच्छदार दोषि सावित हुनुमा राजनीतिक पूर्वाग्रहले काम गरेको कांग्रेसको आरोप छ ।

नेपाली कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरी यस्तो प्रतिक्रिया दिएको हो । अख्तियारले गच्छदारसहित १७५ जनामाथि बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तर, नेकपाका महासचिव विण्णु पौडेलका छोरामाथि भने जग्गा फिर्ता गरेको भन्दै मुद्दा दायर गरिएको छैन ।

कांग्रेसले नीतिगत निर्णयका नाममा तत्कालीन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का अन्य सदस्यलाई मुद्दा नचली गच्छदारमाथि मात्र मुद्दा चल्नु राजनीतिक पूर्वाग्रह भएको प्रतिक्रिया दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री र चार दर्जनमन्त्रीलाई उन्मुक्ति दिने, विजय गच्छदारलाई मुद्दा चलाउने नियतमाथि प्रश्न उठाएका हुन् ।

ललिता निवासमा ६७ जग्गाधनी मध्ये ६५ जनालाई मुद्दा चल्ने र दुई जनाले मात्र उन्मुक्ति पाएकोमा समेत कांग्रेसले प्रश्न उठाएको छ ।

नेकपा महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा सरकारलाई फिर्ता गर्न तयार भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध मुद्दा चलाएको छैन ।

शर्माले कसैलाई पनि उन्मिुक्ति दिन नखोजिएको भन्दै एउटै मुद्दामा फरक व्यवहार हुँदा पूर्वाग्रहपूर्ण भयो कि भन्ने आंशका जन्मिएको बताए ।

अख्तियारले राजनीतिक प्रभावबाट मुक्त भएर काम गर्नु पर्नेमा त्यसो यो की भन्ने भन्ने प्रश्न उठेको उनको भनाई छ । कांग्रेसले यस मुद्दाको विरोधमा राजनीतिक तवर र संसदबाट समेत आन्दोलन चर्काउने तयारी गरेको छ ।