विश्व

दुई दने भारत भ्रमणमा आउँदैछन् राष्ट्रपति ट्रम्प, भब्य स्वागतको तयारी

नयाँ दिल्ली । भारत यतिबेला चिरिच्याट्ट बन्दै सिंगारिने क्रम जारी छ । अत्यन्तै गरिबी र सुकुम्बासी बस्ती रहेका स्थानहरु पर्खालले छोपिदैछ भने सडकमा धमाधम सरसफाईको काम भइरहेको छ ।

यो सबै केका लागि ? किनकी विश्वकै शक्तिशाली राष्ट्रप्रमुख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आउँदैछन् ।

भारत उनको भ्रमणलाई भब्य बनाउने तयारीमा जुटेक छ । यस दौरान करीव १ अर्ब भारतीय रुपैयाँ खर्च गरी भारतले भब्य स्वागतको तयारी गरेको हो ।

२४ फेब्रुअरीमा भारत आइपुग्ने ट्रम्प २५ फेब्रुअरीमा फिर्ता हुने छन् । केन्द्र सरकार जति तदारुकताका साथ उनको स्वागतमा लागेको छ, त्यति कै व्यस्तता गुजरात सरकारको समेत रहेको छ ।

किनकी ट्रम्प गुजरातमा विश्वकै ठूलो क्रिकेट स्टेडियम उद्घाटनका लागि पुग्दैछन् । ट्रम्प २४ फेब्रुअरीकै दिन अहमदावाद पुग्दैछन् ।

त्यहा नमस्ते ट्रम्पको कार्यक्रम आयोजना गरिएको छ । यो यस्तो कार्यक्रम हो, जो गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा पुग्दा उनलाई अमेरिकामा गरिएको स्वागत हो । यो मोटेरा स्टेडियममा हुनेछ ।

संसारकै ठूलो र धेरै दर्शक क्षमताको यो स्टेडियममा एक साथ १ लाख १० हजार दर्शक बस्न सक्ने क्षमता रहेको छ ।