विश्व

सिरियामा मारिए २९ टर्कीस सेना

काठमाडौं । सिरियामा कम्तिमा २९ जना सैनिकको ज्यान गएको छ ।

सिरियाको सरकारी सेनाले गरेको हमलामा २९ जना टर्कीस सैनिकको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

सिरियाको इड्लिबमा हवाई हमला गरिएको छ । कम्तीमा २९ सैनिकको ज्यान गएको र दर्जनौं घाइते भएको बताइएको छ ।

सिरियाको उत्तर–पश्चिम क्षेत्रमा इड्लिब पर्छ । सिरियाको सरकारी सेनाले बिहीबार यहाँ सैन्य आक्रमण गरेको थियो ।

टर्कीका प्रान्तीय गर्भनर रहमी डुगनले सैनिक मारिएको पुष्टि गरेका छन् । उनका अनुसार घाइते धेरै रहेका कारण अझै हताहती बढ्ने सम्भावना रहेको ।

इड्लिब प्रान्त विद्रोहीको कब्जामा छ । सिरियामा सरकारी सैनिकलाई रुसले समर्थन गरेको छ ।

विद्रोहीलाई भने टर्कीले सहयोग गरिरहेको छ । सिरियामा दुई मुलुकले एक अर्को पक्षलाई सहायता उपलब्ध गराएका कारण आन्तरिक कलह अझ भयाभय बन्दै गएको हो ।

एजेन्सी