स्वास्थ्य

विश्व स्वास्थ्य संगठनले भन्यो : कोरोनाले महामारीको रुप लियो

काठमाडौं । चीनमा करीव नियन्त्रणमा आइसकेपछि बल्ल विश्व स्वास्थ्य संगठनले कोराना संक्तमणलाई महामारी घोषणा गरेको छ । चीन एक्लैले यो रोगविरुद्ध लड्दै आफ्नो मुलुकमा करीव नियन्त्रणमा ल्याएको छ ।

तर, पछिल्लो समय यूरोप र अमेरिकामा कारोनाको संक्रमणले धेरै मानिसको ज्यान लिन थालेपछि बल्ल संगठनले यस रोगलाई महामारी घोषणा गरेको हो ।

बेलैमा पश्चिमा मुलुकले चीनलाई सहयोग गरेको भए धेरै हदसम्म रोग नियन्त्रणमा आउने तर्क विशेषज्ञहरुले गरेका छन ।

पछिल्लो दुई साता यता यूरोप र अमेरिकामा कोरोनाको संक्रमण १३ गुणले बढेको भन्दै संगठनले महामारी घोषणा गरेको हो ।

यसअघि यस रोगबाट चीनमा मात्र करीव ३२ सय मानिसको ज्यान गएको छ । तर, पछिल्ला दिनमा चीनले यो रोगलाई धेरै हदसम्म नियन्त्रण गरेको छ । तर, यूरोप र अमेरिकाी मुलुकमा तिब्र रुपमा फैलिरहेको छ ।