स्वास्थ्य

अमेरिकामा एकै दिन थपिए १० हजार संक्रमित, इटलीमा भयाभह

काठमाडौं । कोरोना भाइरसले चीनपछि सबैभन्दा आक्रान्त यूरोप बनेको छ । तर, पछिल्ला दिनमा यस भाइरसले अमेरिकामा आक्रमण तिब्र बनाएको छ ।

बुधबार मात्र अमेरिकामा कोरोना भाइरसका नयाँ १० हजार बिरामी पुष्टी भएका छन् । अमेरिकाको सबै राज्यमा फैलिएको यो भाइरसको संक्रमण अहिलेसम्म ६५ हजार ७०० जनामा पुगिसकेको छ ।

अमेरिकामा बुधबार मात्र १५५ जनाले ज्यान गुमाउन बाध्य भए । अमेरिकामा अहिलेसम्म ९३५ जनाले ज्यान गुमाइसकेका छन् ।

यस भाइरसले इटालीमा पारेको संकटपूर्ण अवस्था अझै डरलाग्दो रहेको छ । बुधबार मात्र यस मुलुकमा ६८३ जनाले ज्यान गुमाएका छन् ।

इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । यो संख्या कुनै पनि मुलुकमा कोरोनाका कारण मृत्यु हुने सबैभन्दा ठूलो संख्या हो ।

साथै इटलीमा चीनमा भन्दा दोब्बर मानिसले ज्यान गुमाइसकेका छन् बुधबार इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला परे । इटलीमा कूल संक्रमित ७४ हजार ३०० नाघेको छ । इटालीपछि यूरोपमा स्पेनको अवस्था दर्दनाक छ । यहाँ अहिलेसम्म ३ हजार ६०० मानिसले ज्यान गुमाइसकेका छन् ।

यो संख्या चीनमा भन्दा पनि बढी हो । यस मुलुकमा ४९ हजार ५०० भन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । बुधबारसम्म विश्वभर कोरोना भाइरसको संक्रमण ४ लाख ६८ हजार मानिसमा ेदखिएके छ । मृत्यु हुनेको संख्या पनि २१ हजार नाघेको छ ।

चीन, जापान र कोरियाले भने करीव संक्रमण नियन्त्रणमा ल्याइसकेका छन् ।