स्वास्थ्य

नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो

काठमाडौं । नेपालका कोरोना भाइरसको चौथो संक्रमण पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।

दुबईबाट फर्किएका युवामा कोरोनाको संक्रमण पुष्टी भएको हो । उनको बारेमा विस्तृत विवरण संकलनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

युवक ११ चैतमा अस्पताल भर्ना भएका थिए । उनको नमुना परिक्षण शुक्रबार पोजेटिभ देखिएको हो ।

यसबाट उपत्यका बाहिर पनि संक्रमण फैलिएको भन्दै मन्त्रालयले क्वारेन्टाइनमा बस्ने र लकडाउनमा अनिवार्य पालना गर्ने प्रवृत्तिमा हेलचेक्राई गर्न नहुने मन्त्रालयले सचेत गराएको छ ।

घर घरमा बसेर संक्रमण भएका व्यक्ति घरमै बस्न आग्रह गरिएको छ । विदेशबाट आएका सबै नागरिकलाई अझ विशेष गरी घरमै बस्न आग्रह गरिएको छ । यसअघि नेपालमा तीन जनामा कोरोनाको. संक्रमण देखिएको थियो । सबै मानिस विदेशबाट नेपाल फर्किएका हुन् ।