फिचर

इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

अन्तर्वार्ता:  नेपालमा रहँदा र अमेरिका आएपछि पनि विगत केही वर्षदेखि समाजसेवा गर्दै आएकी  तारादेवी धामी अहिले न्युयोर्कमा सुदूरपश्चिम समाजको पहलमा भइरहेको राहत संकलनमा अग्रणी भूमीका निभाई रहेकी छिन् । केही समय अगाडि चौलानी पुस्तक भण्डार तथा ह्युमिनेटि फ़ाउण्डेशनले गो फण्डद्वारा आयोजना गरेको कोरोना पिडितका लागि राहत संकलनमा पनि मुख्य भूमिका निभाएकी थिइन् । मानव सेवा र सहयोगी भावाना भएकी तारा धामी परिवारद्वारा स्थापना गरिएको “तारा-किशन फाउण्डेसन”की अध्यक्ष पनि हुन् । श्री तारा धामीले सोही संस्था मार्फ़त काठमाडौं र धनगढीमा गरि ५ बिध्यार्थीलाई सहयोग गरिरहेकी छिन् । नेपालको सुदूरपश्चिमबाट न्युयोर्कलाई कर्मथलो बनाई रहेकी धामीले नेपाली कम्युनिटीद्वारा न्युयोर्कमा निर्माण भइरहेको दुर्गा मन्दिरलाई पनि रिजउड सोसाइटीका बर्तमान अध्यक्ष मार्फत आर्थिक सहयोग गरेको रसिद देखाउदै भन्छिन्; 'दुर्गा माताले गर्दा पनि होला हामी नजिक कोरोना आउन नसकेको' । उसो त पहिलो पटक न्युयोर्कमा मनाइएको गो:रा पर्वका अगुवा तथा चाडपर्ब र नेपाली नारीहरूको महान तीजपर्वमा आफ्नो गच्छेनुसार सहयोग गरेको सम्झना दिलाउंछिन् । उनै समाजसेवी तारा धामीसंग विश्व सन्देशका योगेश आदीले गरेको छोटो वार्तालाप । तँपाइले न्युयोर्कलाई  कहिलेदेखि कर्मथलो बनाउनु भयो ? नेपालदेखि यो बिसाल सहरसम्मको भोगाई अनि अहिले नेपालको कोरोना महामारी लक्षित आर्थिक सहयोगमा जुटि रहनु भएको छ रहेछ । कसरी काम हुँदैछ ? - जन्म घर र बिहे गरेको घर दार्चुला हो, पछि काठमाडौंमा ५१ सालदेखि बस्दै आएकी थिएँ । अहिले छ बर्षदेखि न्युयोर्कको कुइन्स सहरमा छोरीहरु र श्रीमानसंग बस्छु । यहाँ पनि कोरोनाले भयाभित बनाएको छ, काम ठप्प छ तर पनि यो धनी मुलुक भएकोले घर घरमा चाहिएको सामान मगाउन सकिन्छ,  प्रत्येक नागरिकलाई पैसा र बेरोज़गारी रक़म सहित दिइरहेको हुनाले कसैले पनि यो बिशालदेशमा कुनै अपठ्यारो महसुस गरेको छैन ।  हो ! हप्ता दिनसम्म काम गरेर साताको अन्तिम दिन पाउने तलबले बिदाको दिन पारेर क्लब, डिस्को डान्सहरूमा गएर  पुरै तलब सिध्याउने अमेरिकनको बानीले त्यस्ता मानिसलाई केही अपठ्यारो त हुन्छ होला तर हामी ज्यादातर नेपालीको बानी केही बचत गरौं भन्नेमा नै हुन्छ र नेपालीहरूले केही न केही रक़म सन्चित गरेको नै हुन्छ, यसकारण पनि नेपालीहरूसंग पैसाको कमी हुदैन । धेरै जसो नेपालीहरूमा दयाको भावना हुन्छ, ती मनकारीहरू ग़रीब र असहायलाई सहयोग गर्न पाए हुने थियो भन्ने जमात पनि ठुलो छ |त्यो जमातलाई बिश्वास दिलाउन सक्नु पर्छ । मन रहेछ, चाहेपछि सकिंदो रहेछ । अरुले पनि मेरो काममा धेरै सहयोग पुर्याएका छन् । तँपाइ लाई कसरी बिश्वास गर्ने त ? ती मनकारीहरूले दिएको राहत सम्बन्धित ठाउँमा पुग्छ भन्ने कुरा ? तपाई त अमेरिकामै हुनुहुन्छ ? -  हामीले संकलन गरिरहेको रक़म ब्यक्ति बिशेषको लागि होइन, कोरोनाको निहुंले भारतमा रोजीरोटी गरिरहेका हजारौं नेपाली दाजुभाइ र तिनका लाला-बालाहरू नेपालको नाकामा कस्टकर जीवन बिताइ रहेका छन् । कोरोनाको परिक्षण गर्ने साधनको अभावले परिक्षण गर्न ढिलाई भइरहेको प्रत्यक्ष जनसरोकार वालाहरूसंगको सम्बन्ध भएकोले र नेपालमा आफ्नै निजी खर्चले चलाई रहेको सामाजिक अभियन्ता, समाजसेवी चौलानी पुस्तक भण्डार, पत्रकार महासंघ, रोटरी क्लब, तथा ह्युमिनिटि फाउण्डेसनले अमेरिकामा बसेका सुदुरपश्चिमेलीहरूलाई सहयोगको अनुरोध गरेका छौं । सुदुर पश्चिम समाजले समन्वयन गरी अमेरिकामा लामोसमयदेखि बसोबास गरिरहेका नेपालीहरूबाट सहयोग गर्ने परोपकारी मनहरूलाई समिटेर आफ्नो एकपटकको एक कप चिया कम गरेर सहयोग दिन रूचाउने दिदीबहिनीहरूको स्वेच्छाले सहयोग गरेको रक़म नेपालमा मानव सेवामा अहोरात्र खटिरहेको संस्था ह्युमिनिटि फाउण्डेसले गरिरहेको कार्यसंग सम्मन्वयन गरेर तथा प्रदेश सरकारको आखॉ नपुगेको ठाउँमा तुरन्त आवाश्यक्ता भएको क्षेत्रलाई रक़म र सामान सहयोग गरिने छ । कहिलेदेखि कुन कुन क्षेत्रमा सहयोग गर्नु भएको छ ?  - मेरो कुनै योजना हुदैन, भइपरि आउने जुन सुकै क्षेत्रमा पनि सहयोग गर्न मन पर्छ ।न्युयोर्कमा नेप्लिज सोसाइटीले बनाउन लागेको दुर्गा मन्दिरलाई सहयोग गरियो । धनगडी हस्पिटलमा गरिव परिवारको एकजनाले आफ्नो भएजतिको खेतबारी बेचेर एउटा खुट्टा काट्यो त्यसपछि दोस्रो खुट्टा पनि काट्यो । त्यसको लागि यहाँ साथीभाइबाट सहयोग संकलन गरेर थप रक़म मैले आफैले थपेर सहयोग गरें । बिभिन्न समयमा सुदूर पश्चिम होस् या काठमाडौं होस् वा नेपालको जुनसुकै ठाउंमा आएको समस्यामा आर्थिक वा जिन्सि सहयोग गर्दै आइरहेकी छु ।हुन त मलाई मेरो पसिनाले कमाईबाट राहत दिन रमाइलो लाग्छ तर यहाँ मनकारी साथीभाईहरूले त्यो देखेर हौसला दिदैं हातमा हात मिलाउनु हुन्छ । त्यसैले पनि झनै सहय‍ोग पुगेको छ । घरपरिवारबाट कस्तो प्रतिकृया छ ? कसरी व्यवस्थापन भइराखेको छ ? - ठुलो कुरा भनेर इच्छाशक्ति रहेछ । श्रीमानले मेरो इच्छालाई कहिल्यै पनि नकार्नु भएन । उल्टै होसला दिएर जानेको ठाउँमा सिकाउने गर्नुहुन्छ । मेहेनत गरेर छोरीहरुलाई हुर्कायौं पढायौँ । अहिले त झन छोरीहरु पनि सिकाउँछन् । परिवारको सहयोग नहुँदो हो त म यसरी खटेर अगाडि बढ्ने कल्पना पनि गर्न सक्दैनथ्ये ।