बिचार

शेयर बजार र पम्प एण्ड डम्पको खतरा

vishwa-news

सरोज सिग्देल

शेयरबजार अर्थात् पूँजी बजारलाई अर्थतन्त्रको प्रतिविम्व र तरलता सन्तुलन गराउने वित्तीय औजारको रूपमा विकास गर्ने उदेश्यले नेदरल्याण्डमा सन् १६०२ मा आम्स्टरडम स्टक एक्सचेञ्ज स्थापना भई सन् १६०६ मा डच ईस्ट इन्डिया कम्पनी Dutch East India Company (VOC) को धितोपत्र जारी गरेर धितोपत्र बजारको सुरू भएको विश्व इतिहास छ । आम्स्टरडम स्टक एक्सचेञ्ज नेदरल्याण्ड पछि (सन्१७२४) फ्रान्स, (सन् १७९०) अमेरिका , (सन् १८०१) बेलायत, (सन् १८०८) ईटाली, (सन् १८२०) जर्मनी, (सन् १८१३) स्पेन, (सन् १८६१) क्यानडा, (सन् १८७२) अष्ट्रेलिया र (सन् १८७५) भारतमा स्यापना भएका हुन ।

नेपालको इतिहास हेर्ने हो भने सन् १९९३ मा स्थापना भएको नेपाल स्टक एक्सचेञ्ज नै  हो, यद्यपि सन् १९३७ मा विराटनगर जुट मिल्सले शेयर जारी गरी सर्वसाधारणबाट पूँजी सङ्कलन गरेको पाईन्छ। कम्पनी ऐन २०२१ अनुसार वि.सं. २०३३ असार २२ गते सेक्युरिटी खरिदबिक्री केन्द्र (SMC) को स्थापना भएको थियो भने वि.सं. २०३८ देखिमात्र विविध रूपमा दोश्रो बजारमा धितोपत्रको कारोबार शुरु भएको पाईन्छ। धितोपत्र कारोबार सम्बन्धि ऐन भने सर्वप्रथम २०४९ मा जारी भई त्यसको पहिलो संशोधन पश्चात वि.सं. २०५० जेष्ठ १३ गते सेक्युरिटी एक्सचेञ्ज सेन्टर (SEC) स्थापना भएको र त्यसैको नाम परिवर्तन भई हालको नेपाल स्टक एक्सचेञ्ज लि. (NEPSE) भएको हो र यसले धितोपत्र कारोबारमा बजारको संगठनात्मक विकास र औपचारिक दोश्रो बजारको रूपमा कारोबार शुरू गरेको हो।

पम्प एण्ड डम्प

पुँजी बजारलाई आफ्नो महत्त्वाकांक्षा पूर्ति गर्ने खुड्किलाका रुपमा परिभाषित गर्ने लगानीकर्ताहरुले निकै चलाखीपूर्ण तरिकाले  धोकेवाजी गर्ने गर्दछन् र यसलाई व्यक्तिगत रुपमा लिइँदैन अर्थात  कुनै पनि व्यक्ति, समूह वा संगठित संस्थाहरुले कुनै निश्चित कम्पनीको शेयरलाई अत्याधिक उचाईमा पुर्याउने र आफूसँग भएको शेयर उच्च विन्दुमा  अतिरञ्जित तरीकाले बेचेर मुनाफा कमाउने प्रक्रियालाई 'पम्प एण्ड डम्प' भनिन्छ । यसमा विभिन्न समूहहरु जोडिएका हुन्छन् । सर्वप्रथम (Risk of resume) समय परिस्थिति सुहाउने गरी उपलब्ध शेयरहरु मध्येबाट केही शेयरहरूको छनौट गरिन्छ, ती शेयरहरूको बारेमा बजारमा हल्ला फैलिन्छ (यस्तै हुँदैछ रे है ?) अनि ब्लगहरु लेख्न थालिन्छ, तत्पश्चात त्यसले समाचारको रुप लिन्छ र त्यस समाचारलाई धेरैभन्दा धेरै लगानिकर्ता समक्ष पुर्याइन्छ जसको कारण बजारमा अत्याधिक मागको सृजना हुन्छ l सुरुमा तिनै समूहले खरिद गर्छन् र तुरुन्त विक्रि गरिन्छ यसबाट यो समूहले ठुलो मुनाफा आर्जन गर्दछन् । सामान्यतया यसको अवधि ३ देखि ५ दिनसम्म रहन्छ ।

ठूला मानिएका कम्पनीहरुको जस्तै: वालमार्ट, माईक्ररोसफ्ट, एप्पल र टेस्ला सर्वाधिक उचाइको बिन्दुमा पुगे । त्यसै समयमा एप्पलका कार्यकारी प्रमुखले आफूसँग रहेको शेयर ठूलो मात्रामा बिक्री गरेका थिए त्यसको लगत्तै बजारले ठुलो करेक्सन लिएको थियो

गतहप्ता अमेरिकी शेयरबाजारमा पनि ठूलो उतारचढाव देखिएको थियो । ठूला मानिएका कम्पनीहरुको जस्तै: वालमार्ट, माईक्ररोसफ्ट, एप्पल र टेस्ला सर्वाधिक उचाइको बिन्दुमा पुगे । त्यसै समयमा एप्पलका कार्यकारी प्रमुखले आफूसँग रहेको शेयर ठूलो मात्रामा बिक्री गरेका थिए त्यसको लगत्तै बजारले ठुलो करेक्सन लिएको थियो तसर्थ यसलाई पनि पम्प एण्ड डम्प भएको अनुमान गरिएको छ । बजारले करेक्सन लिनु भनेको नियमित प्रक्रिया नै हो तर चितुवा कराउनु र बाख्रा हराउनु  एकैसाथ भएको देखिन्छ ।

शेयर बजार एक लडाइको मैदान हो जहाँ  मुनाफा आर्जन गर्नेहरु मात्र बजारमा टिकिरहन सक्दछन्  भन्ने यो समूह उचित मौकाको पर्खाइमा बसिरहेका हुन्छन् जब लाग्छ बजार अनुकूल छ तब यो समूहले आफ्नो कार्य थालनि गर्दछ सर्वप्रथम सस्तो मूल्यको शेरहरुलाई बढाउने कार्यको थालनि हुन्छ  साथै दैनिक कारोबार रकम उच्च भएको, तरलता अधिक भएको, नयाँ लगानिकर्ताहरु आकर्षित भएका र आफूले छनौट गरेका सेयरहरुलाई  तल-माथि गर्नसक्ने समयलाई मौका छोपि आफ्नो योजनाहरु सफल पार्न लागि परिरहेका हुन्छन् । यसको ताजा उदाहरण सम्झने हो भने हामीले February 27/2020 फर्केर हेर्न सकिन्छ ।

यसबाट हामीहरु कसरी बच्न सकिन्छ त भन्ने प्रश्न तपाईंको मनमा आयो होला ? जुन स्वभाविकै पनि हो । रातारात धनी हुने सुरमा आफुले गरेको अध्यन, विश्लेषणलाई थाति राखी हल्लाको भरमा नपर्न नै यसको मुख्य समाधान हो । सारा विश्व दिनरात केही नभनि यति लामो समयदेखि कोरोना भाइरसको भ्याक्सिनको खोजीमा छ तर आजसम्म पनि सफलता हासिल हुन सकेको छैन उदाहरण हाम्रो सामु नै छ l रातारात केही पनि परिवर्तन हुँदैन र जसरी पनि कमाउने  हो भन्ने सोच भन्दापनि कम्पनीको उचित विश्लेषण गरी दीर्घकालिन लगानिका योजनासाथ अगाडि बढ्ने लगानिकर्ताहरु नै सफल हुने गर्दछन् ।  

ad-archer