कला / साहित्य

जनकपुरमा आजबाट खुल्ने भए स्कुल

जनकपुरधाम । कुनै बेला कोरोना भाइरसको हटस्पट थियो तराई-मधेष । एकै दिन ठूलो संख्यामा भाइरसको संक्रमण र मृत्यु भइरहेको तराई भेग अब सामान्यतर्फ उन्मुख भइरहेको छ । यसै अवस्थाका बीच धनुषाको जनकपुरमा आजबाट स्कुल संचालनमा आउने भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाबाट चैतयता बन्द शैक्षिक संस्था सञ्चालनको निर्णय गरेको हो । उपमहानगरपालिकाको सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी नगरक्षेत्रमा रहेको स्कुल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

स्कुलहरुले स्वास्थ्य सुरक्षा र सतकर्ताका मापदण्ड भने पालना गर्नुपर्छ । पहिलो चरणमा कक्षा ६ देखि १२ कक्षासम्मका विद्यालयमा पठनपाठन हुनेछ । शिशु कक्षा र बाल विकासका कक्षा विद्यार्थीको घरघरबाटै हुने भएको छ । सो प्रयोजनका लागि शिक्षक घरमै पुगेर ‘होम स्कूलिङ’ सेवा दिनेछन् ।