विज्ञान प्रविधि

आईफोन १२ सिरिजमा ४ नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । एप्पलले आइफोन-१२ सिरिजका ४ वटा फोन सार्वजनिक गरेको छ ।

भर्चुअल माध्यमवाट आइफोन-१२, आइफोन-१२ मिनी फाइफोन–१२ प्रो , आइफोन–१२ प्रो म्याक्स सार्वजनिक गरेको हो । उक्त फोनहरुमा फाइभजी नेटवर्क चल्ने कम्पनीले जनाएको छ ।

एप्पलका नयाँ आइफोन आइफोन-१२(६४, १२८ र २५६ जिबी स्टोरेज), आइफोन-१२ मिनी (६४, १२८ र २५६ जिबी स्टोरेज)का अलावा आइफोन-१२ प्रो (१२८, २५६ र ५१२ जिबी स्टोरेज), आइफोन १२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जिबी स्टोरे) स्टोरेज क्षमता छ ।

आइफोन–१२ सिरिजका फोनहरुको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म रहेको छ । नयाँ फोनको अर्डर नोभेम्बर छ देखि सुरु हुने बताइएको छ ।

कम्पनीले सार्वजनिक गरेको मूल्य अनुसार आइफोन–१२ मिनीको मूल्य ६ सय ४९ डलर छ भने आइफोन–१२ को मूल्य ७ सय ९९ अमेरिकी डलरबाट सुरु हुन्छ ।

यसरी नै आइफोन–१२ प्रो र आइफोन–१२ प्रोम्याक्सको मूल्य क्रमश ९ सय ९९ डलर तथा ११ सय ९९ डलर सुरु हुने कम्पनीले जनाएको छ ।

मोवाइलमा उपलब्ध विभिन्न सुविधा तथा स्टोरेज अनुसार मूल्यमा फरक पर्छ ।

विश्व बजारमा आइफोन-१२ मिनिको प्रि-अडर ६ नोभेम्बरबाट सिरू हुनेछ भने १३ नोभेम्बरदेखि ग्राहकको हातमा पर्नेछ।

यस्तै आइफोन-१२ आइफोन-१२ प्रोको प्रिअडर १६ अक्टुबरबाट सुरू हुनेछ भने २३ अक्टोबरबाट ग्राहकले पाउनेछन्। आइफोनको स्क्रिन परिवर्तन गरिएको छ । आगामी दिनमा ग्राहकहरुले मोवाइल फोन बोक्दा आइफोनको स्क्रिनमा परिवर्तन भएको पाउँन सक्नेछन् ।

यी आइफोनमो स्क्रीन केही ठूलो (६.१ इन्च) रहेको छ । पर्यावरणमा प्रभाव कम पार्न भन्दै कम्पनीले मोबाइलको साथमा चार्जर र एयरफोन भने नदिने भएको छ ।

यस्तै, लन्च भएको उक्त आइफोनमा फ्ल्यास बिना नै रातमा सेल्फी लिन सकिने विषेशता छ ।

आइफोन-१२ प्रो म्याक्सका लागि ग्राहकहरूले १३ अक्टुबरबाट प्रिअडर गर्नसक्नेछन् भने २० नोभेम्बरबाट बिक्री सुरू हुनेछ।