मनोरञ्जन

बहराइन रोयल फोर्सबाट मनास्लु हिमाल सफल आरोहण

File photo : Seven summit treks pvt

काठमाडौं । बहराइनका राजकुमारसहितको टोलीले आज नेपालको ८ हजार मिटरभन्दा अग्लो हिमाल गोरखास्थित मनास्लुको सफल आरोहण गरेको छ । कुल १८ जना मध्ये १४ जना आराही बिहान करीव ७ बजे चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागकी निर्देशक मिरा आचार्यले फेसबुकमार्फत यसको पुष्टी गरेकी छिन् ।

मनास्लु आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृतलाई उदृत गर्दै उनले बहराइन रोयल फोर्सको टोली चुुचुरोमा पुग्न सफल भएको पुष्टी गरेकी हुन् । यो टोलीको साथमा रहेको शेर्पा सहयोगीहरुसमेत चुचुरो पुग्न सफल भएका छन् ।

नेपाली पर्यटनमा बहराइन राजकुमारको यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । मनास्लु ८१६३ मिटर अग्लो हिमाल हो । यसअघि यो टोलीले सोलुखुम्बुको लोबुचे हिमालको आरोहण गरेर फर्किएको थियो ।