फिचर

यूरोपमा पुनः बढ्न थाल्यो संक्रमण, विभिन्न मुलुकमा प्रतिवन्ध

File Photo

काठमाडौं । यूरोपमा कोरोना भाइरसको महामारीले पुनः फैलावट लिन थालेको छ । यससँगै विभिन्न मुलुकले प्रतिवन्ध र कर्फ्यु शुरु गरेका छन् । फ्रान्सले कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यु लगाएको छ।

संक्रमण बढ्दै गएपछि राति ९ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यु लगाइएको राष्ट्रपति इम्यानुएल म्याक्रोले घोषणा गरेका छन् । उनका अनुसार कर्फ्यु शनिबारदेखि लागू हुनेछ र आगामी चार हप्तासम्म कायम रहने छ ।

फ्रान्सले देशमा स्वास्थ्य आपतकाल समेत घोषणा गरेको छ। उता, नेदरल्याण्डमा आंशिक लकडाउन गरिएको छ। स्पेनले उत्तर पूर्वी क्याटलोनियामा बार र रेष्टुरेन्टहरु १५ दिनका लागि बन्द गरेको छ । चेक गणराज्यले स्कूल र बार बन्द गरेको छ ।