रोचक खवर

राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि आगामी बुधबार छलफल हुने भएको छ ।

बीबीसीका अनुसार ट्रम्पमाथि हिंसा भड्काएको आरोप छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको भन्दै यस्तो प्रस्ताव गरिएको हो ।

महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको सन्दर्भ समेत उल्लेख गरिएको बताइएको छ ।

सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका कारण प्रस्ताव आएको हो ।

राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिने छ । महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदन र तल्लो दुबै सदनमा दुई तिहाइ बहुमत चाहिन्छ ।