रोचक खवर

आन्दोलन बल्ल शुरु भयो : ट्रम्प

फाईल फोटो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी बिदाई भएका छन् । नयाँ राष्ट्रपतिका रुपमा जो बाइडेन विजयी भएसँगै उनले दोस्रो कार्यकाल भने चलाउन पाएनन् । उनी जाँदा जाँदै आलोचनाको शिकार बनेका छन् । तर, उत्तेजित भाषण भने गर्न छाडेनन् ।

आफ्नो विदाई सम्बोधनमा समेत उनले यस्तै आक्रमक अभिव्यक्ति दिएका छन् । आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन लागेको भन्दै उनले बुधबार नयाँ प्रशासनलाई सत्ता सुम्पन लागेको बताएका छन् । यो कदम नै आन्दोलनको शुरुवात भएको उनको भनाई छ ।

राष्ट्रपतिले भिडियो सन्देश सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनी बाइडेनको सपथ ग्रहण समारोहमा भने नजाने घोषणा यसअघि नै सार्वजनिक गरेका छन् । ट्रम्पले नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल हुने कामना गरेका छन् । आफ्नो चार वर्षे कार्यकालका उपलब्धीबारे समेत उनले सम्बोधनमा समट्ने प्रयास गरेका छन् ।

सहयोगी राष्ट्रहरुलाई अभूतपूर्व ढंगले चीनको सामना गर्न सहयोग गरेको, बलियो कूटनीतिका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौता गरेको र कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएकोलाई उनले मूख्य उपलब्धी मानेका छन् । अमेरिकाले हिंसा नसहने उनको भनाई छ ।