समाचार

यो लोकतन्त्रको दिन हो : राष्ट्रपति बाइडेन

Getty Images

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आजको दिन लोकतन्त्रको दिन भएको बताएको छन् । अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सपथ ग्रहणपछि पहिलो सम्बोधन गर्दै उनले भने, ‘यो अमेरिकाको दिन हो, यो लोकतन्त्रको दिन हो, यो इतिहास र आशा तथा अपेक्षाको दिन हो ।’

उनले केही दिन अगाडी भएको हिंसात्मक घटनाको समेत सम्झना गरे । अमेरिका पटक पटक परीक्षाबाट पास हुँदै अगाडी बढेको भन्दै उनले आज केवल एक उमेदवारको जीतको खुसी मात्र नमनाई लोकतन्त्रको खुसीयाली मनाइएको उल्लेख गरे ।

यसअघि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको नतिजा नमान्ने भन्दै आफ्ना समर्थकलाई उचालिरहेका थिए । उनी सपथ ग्रहणमा समेत सहभागी भएनन् ।