समाचार

'सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?'

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले आफै भिडभाड गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकार आफैले आफ्नो नियम उल्लंघन गरिरहेको बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई प्रश्न गर्दै सांसद थापाले कोभिड–१९ले सरकार र जनता नछुट्याउनेसमेत प्रष्ट पारे । उनका अनुसार सरकारले आफैले स्वास्थ्य प्रोटोकल उल्लंघन गरेर जनतालाई नियन्त्रण गरिरहेको छ ।

‘सरकारले भन्यो होली नखेल, भिडभाड हुन्छ कोरोना सर्न सक्छ । तर, प्रधानमन्त्री त हजारौँ मानिसलाई राखेर फुटबल हेर्न जानुभयो । फुटबल खेल्न हेर्न मिल्ने होली खेल्न नमिल्ने ?’, उनले भने,‘सरकार जनतालाई भन्छ अनावश्यक सभा, सम्मेलन भिडभाड नगर तर सम्माननीय राष्ट्रिपतिबाट धारा खोल्ने, बाल्टिन थाप्ने तमासा भरहेको छ ।’